शनिबार , जेठ ११, २०८२

नारायणहिटी दरबार संग्राहालयभित्र मन्त्री प्रेमबहादुर आले पसे । उनीसँगै सुरक्षाकर्मी र सहयोगी पनि थिए ।आले पसेपछि संग्राहालयका उच्च कर्मचारी पनि देखिए । उपसचिव अमृत महर्जनले अवलोकन गर्न पुगेका मन्त्री आलेलाई देखाउन थाले ।

महर्जन इमान्दार कर्मचारीका रुपमा चिनिन्छन् । काठमाडौंका रैथाने उनको स्वभाव सरल भएकैले मालदार ठाउँमा सरुवा भएर जान पाउँदैनन् ।

उनी यसअघि नेपाल ट्रस्टमा थिए । नेपाल ट्रस्ट पनि आकर्षण रहेको कार्यालय होइन । पछिल्लो समय नारायणहिटी संग्राहालयमा पुगेका छन् ।

मन्त्री आलेले भने महर्जनलाई आइतबार निकै तनावमा पारे । उनले धेरै विषय सोधेर हैरान पारे । महर्जनले भने हाँसी हाँसी जवाफ दिए । दुईबीचको संवाद यस्तो थियोः

मन्त्री आलेः स्टेज कता हो ?
उपसचिव महर्जनः हजूर ।
मन्त्री आलेः यो स्टेज हो ?
महर्जनः यहाँ हुनुपर्छ ।
आलेः डान्स गर्ने स्टेज जस्तो छ ? यो लुगा फेर्ने ठाउँ ।
महर्जनः ठ्याक्कै छै थाहा छैन । मञ्च चाहिं बनायो हजूर । के को लागि प्रयोग गर्छ भन्ने चाहिं थाहा भएन हजूरको ।
आलेः यो डान्स बार रहेछ ल । यो के हो यताको ?
महर्जनः ठ्याक्कै हामीलाई पनि थाहा भएन हजूर
हपार्दै, मन्त्री आलेः तपाईं यहाँको नेपाल सरकारको कर्मचारी थाहाभएन भन्ने ।
यो पनि स्वीकृत भन्दा बाहिर होइन त ?
जम्मै कंक्रिट बनाएर । यस्तो बनाएर ।
बंकरभित्र पसेपछि,
सबै तोडेर हेर ! यस्तो बिजोग के होला ? आफै विचार गर्नुहोस् ।
पुरातत्व महत्व भएको स्थानलाई भत्काएर कंक्रिट बनाउने दुस्साहस गर्नुभएको छ । बतासको काम निन्दनीय छ ।
बंकरभित्र वाइन शप । मदिरा विक्री गर्ने बनाएको छ । कारबाही प्रक्रिया बढाइसकेका छौं ।
भेषराज दाहालजीले हेर्नुपर्ने हो । उहाँले राजीनामा दिनुभइसक्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

जनप्रदर्शनमा डेढ लाखभन्दा बढी मानिस उतार्ने मोर्चाको तयारी, १४ वटा नारा पनि तय


TOP