मंगलबार , बैसाख २९, २०८३

नारायणहिटी दरबार संग्राहालयभित्र मन्त्री प्रेमबहादुर आले पसे । उनीसँगै सुरक्षाकर्मी र सहयोगी पनि थिए ।आले पसेपछि संग्राहालयका उच्च कर्मचारी पनि देखिए । उपसचिव अमृत महर्जनले अवलोकन गर्न पुगेका मन्त्री आलेलाई देखाउन थाले ।

महर्जन इमान्दार कर्मचारीका रुपमा चिनिन्छन् । काठमाडौंका रैथाने उनको स्वभाव सरल भएकैले मालदार ठाउँमा सरुवा भएर जान पाउँदैनन् ।

उनी यसअघि नेपाल ट्रस्टमा थिए । नेपाल ट्रस्ट पनि आकर्षण रहेको कार्यालय होइन । पछिल्लो समय नारायणहिटी संग्राहालयमा पुगेका छन् ।

मन्त्री आलेले भने महर्जनलाई आइतबार निकै तनावमा पारे । उनले धेरै विषय सोधेर हैरान पारे । महर्जनले भने हाँसी हाँसी जवाफ दिए । दुईबीचको संवाद यस्तो थियोः

मन्त्री आलेः स्टेज कता हो ?
उपसचिव महर्जनः हजूर ।
मन्त्री आलेः यो स्टेज हो ?
महर्जनः यहाँ हुनुपर्छ ।
आलेः डान्स गर्ने स्टेज जस्तो छ ? यो लुगा फेर्ने ठाउँ ।
महर्जनः ठ्याक्कै छै थाहा छैन । मञ्च चाहिं बनायो हजूर । के को लागि प्रयोग गर्छ भन्ने चाहिं थाहा भएन हजूरको ।
आलेः यो डान्स बार रहेछ ल । यो के हो यताको ?
महर्जनः ठ्याक्कै हामीलाई पनि थाहा भएन हजूर
हपार्दै, मन्त्री आलेः तपाईं यहाँको नेपाल सरकारको कर्मचारी थाहाभएन भन्ने ।
यो पनि स्वीकृत भन्दा बाहिर होइन त ?
जम्मै कंक्रिट बनाएर । यस्तो बनाएर ।
बंकरभित्र पसेपछि,
सबै तोडेर हेर ! यस्तो बिजोग के होला ? आफै विचार गर्नुहोस् ।
पुरातत्व महत्व भएको स्थानलाई भत्काएर कंक्रिट बनाउने दुस्साहस गर्नुभएको छ । बतासको काम निन्दनीय छ ।
बंकरभित्र वाइन शप । मदिरा विक्री गर्ने बनाएको छ । कारबाही प्रक्रिया बढाइसकेका छौं ।
भेषराज दाहालजीले हेर्नुपर्ने हो । उहाँले राजीनामा दिनुभइसक्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP