मंगलबार , बैसाख २९, २०८३

यतिबेला मन्त्री प्रेमबहादुर आले आक्रामक बन्दै गएका छन् । उनले पुरातात्विक महत्वका क्षेत्र हडप्नेहरुमाथि तारो बनाएका छन् ।सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

आलेले बतास समूहमाथि नारायणहिटीको जग्गा प्रकरणमा कारबाहीको डण्डा चलाएका छन् । पशुपति धर्मशालामा बतासले कानूनविपरित गरेका कार्यहरुबारे समेत छानबनि गर्न आफै अवलोकन गरेका छन् ।

अब उनको ध्यान तारागाउँ होटलमा गएको बुझिएको छ । तारागाउँ विकास समिति र हायात होटलको जग्गा विवादबारे सरकारले छानविन गर्न समिति नै गठन गरी प्रतिवेदन चार वर्ष अघि नै बुझाइसकेको छ । तर, यसको कार्यान्वयन गर्नतर्फ सरकारमा रहेकाहरुले तत्परता देखाएनन् ।

तत्कालीन श्री ५ को सरकार मन्त्रिपरिषद्ले २०४९ भदौ ५ मा निर्णय गरेर एक सय ५० रोपनी जग्गा तारा गाउँ रिजेन्सी होटल हायातलाई दिइएको थियो । उक्त जग्गा होटलमा शेयरका रुपमा सरकारले राखेको देखिन्छ ।

सरकारको पूर्ण स्वामित्वको तारागाउँ विकास समितिको बौद्धस्थित एक सय ५० रोपनी जग्गा कसरी तारागाउँ रिजेन्सी होटेल्स लिमिटेड कम्पनि ‐हायात) को नाममा गएको देखिएको थियो । ३०४ रोपनी जग्गामध्ये आधार जग्गा होटल खोल्नलाई १४० रोपनी शेयरका रुपमा राखेपनि १५४ लिजका रुपमा लिजका रुपमा दिनेबारे २०४९ मंसिर ५ मा उल्लेख भएपनि पूरै जग्गा होटलको नाममा नामसारीले तरंग ल्याएको थियो । तर, यो घटना विभिन्न तरिकाले सामसुम पारिएको थियो ।

ऐतिहासिक कमलपोखरीमाथि छायाँ सेन्टर निर्माणको फायल पनि मन्त्री आलेले खोज्न लगाएको बुझिएको छ । अदालतमा निस्सा पाएको यो प्रकरणको मुद्दामा योजनावद्ध तरिकाले पोखरीको नामको जग्गा व्यक्तिको नाममा बनाएर शक्तिशाली व्यक्तिहरु सेयरमा बसेर छाँया सेन्टर निर्माण भएको खुलेको छ । यो प्रकरणमा कतिपय व्यक्तिहरुले गोल्डेन सेयर पनि पाएका छन् ।

यसैगरी, सरकारले नेपाल ट्रस्टको जग्गाबारे समेत चासो लिन थालेको बुझिएको छ । ट्रस्टको नाममा रहेको जग्गा कौडीको भाउमा विभिन्न व्यापारिक घरानाहरुले चलाइरहेका छन् । राजा वीरेन्द्रको वंशनाशपछि उनी र परिवारको नाममा रहेको जिन्सी र नगद सम्पत्ति नेपाल ट्रष्टको नाममा राखिएपनि राजनीतिक संरक्षणमा ठूला व्यापारीले चलाउन थालेका छन् । यसमा ठूलै आर्थिक चलखेल हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP