शुक्रबार , जेठ १०, २०८२

लिपुलेक क्षेत्रमा भारतले बाटो बनाइरहेको प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइपछि नेपालमा उत्पन्न विरोधाभाषलाई वार्ताबाट सम्बोधन गर्न भारत तयार रहेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

दूतावासले एक विज्ञप्तिमार्फत नेपाल–भारत सीमा विवादमा नेपालमा भएको पछिल्लो प्रतिक्रियाको जवाफमा यस्तो उल्लेख गरेको हो ।उसले नेपालमा विभिन्न दलहरुले भारतीय प्रधानमन्त्री मोदीको अभिब्यक्तिपछि विज्ञप्ति निकालेर तथा प्रदर्शन गरेर विरोध जनाएपछि त्यसका विषयमा सञ्चारमाध्यमले राखेका जिज्ञासाको जवाफ दिएको हो ।

दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आपसी संवादका लागि स्थापित अन्तर सरकारी संयन्त्रहरु नै उपयुक्त छन् भन्ने हाम्रो धारणा छ। पारस्परिक रूपमा सहमति भएका सीमा समस्याहरू जुन बाँकी छन् त्यसलाई आपसी समझदारीमा समाधान गर्न भारत आफ्नो पुरानो र हितैषी सम्बन्ध भएको नेपालका लागि सधै तयार छ ।’

भारतले जारी गरेको विज्ञप्ति यहाँ हेर्नुहोस्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP