सोमबार , भाद्र १५, २०८३

नेकपा एमालेका सचिव एवम् स्वास्थ्य तथा जनसङ्ख्या विभाग प्रमुख योगेश भट्टराईको यति बेला बालुवाटारमा आयोजित कार्यक्रममा मास्क नलगाएको भन्दै आलोचना भइरहेको छ । आलोचना बढेपछि भट्टराईले सो घटनाबारे स्पष्टीकरण दिएका छन् ।

सरकारलाई कोभिड–१९ को नियन्त्रण तथा रोकथामका लागि ध्यानाकर्षण पत्र बुझाउन एमालेको प्रतिनिधिमण्डल बालुवाटार पुगेको थियो । सो कार्यक्रमको सार्वजनिक भएको तस्बिरमा भट्टराईले मास्क लगाएको देखिँदैन । ‘नाक÷मुखमा लगाउनुपर्ने मास्क खुट्टामा लगाएको’ भन्दै सामाजिक सञ्जालमा भट्टराईमाथि व्यङ्ग्यसमेत गरिएको छ ।

​जवाफमा भट्टराईले सो कार्यक्रममा प्रधानमन्त्रीको सचिवालयले निर्धारण गरेको स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गरेको जिकिर गरेका छन् । उनले ध्यानाकर्षण पत्र वाचन गर्दा आफूले मास्क खोलेको र पत्र हस्तान्तरण गर्दा भने मास्क लगाउन भुलेको बताएका छन् । उनले लेखेका छन् :

आज कोभिड- १९ का सम्बन्धमा नेकपा एमालेका तर्फबाट प्रधानमन्त्रीज्यूलाई ध्यानाकर्षण गराउने कार्यक्रममा हाम्रो प्रतिनिधि मण्डलले प्रधानमन्त्रीको सचिवालयद्वारा निर्धारण गरेको स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गरेको अनुरोध गर्दछु । ध्यानाकर्षण पत्र वाचनका क्रममा मैले मास्क खोलेको थिए । तत्क्षण पत्र हस्तान्तरण गर्नुपर्दा मास्क लगाउन भुलेको बारेमा सञ्चारमाध्यममा आएको टिप्पणीको स्वागत गर्दछु । विषय र घटनाको सार र रूप पक्षलाई छुट्याएर बुझ्न सबैमा अनुरोध गर्दछु ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP