मंगलबार , बैसाख २९, २०८३

तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानी हटिया भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

बन्दीपुर अस्पतालका अनुसार ज्यान गुमाउनेमा ९ महिने बालिका आरुबी थापा, २४ वर्षीय रोशन गुरुङ, ४२ वर्षीया सुशीलादेवी न्यौपाने, ५३ वर्षीय हरिबहादुर न्यौपाने, ७६ वर्षीया भीममाया गुरुङ र ४३ वर्षीय सुकबहादुर गुरुङ रहेका छन् ।विममाया र सुकबहादुरको अस्पताल ल्याउदै गर्दा बाटोमा र अन्य चार जनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

घुमाउनेबाट धरमपानी आउदै गरेको ग १ ज ६५५५ नम्बर जिप सडकबाट अन्दाजी एक सय मिटर तल खस्दा दुर्घटना भएको हो ।

शुक्रबार राति साढे ८ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् ।

घाइते सबैको बन्दीपुर अस्पतालमा सामान्य उपचारपश्चात थपको उपचारका लागि चितवन रिफर गरिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको जिपको चालक सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP