मंगलबार , बैसाख २९, २०८३

गौतम बुद्ध क्रिकेट रङ्गशाला निर्माणका लागि सहयोग गरेकी ९१ वर्षीय हरिमाया सिलवाललाई एउटै चिन्ता छ, “रङ्गशाला बन्छ वा बन्दैन?” मुटु र मधुमेहको समस्याबाट ग्रसित भरतपुर–२, आँपटारी निवासी हरिमायाले औषधिका लागि जोहो गरेर राखेको रकममध्ये २३ हजार रुपियाँ रङ्गशाला निर्माण गर्न दिएकी थिईन् ।

धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको रङ्गशालाको निर्माण कार्य अन्योलमा परेपछि हरिमायाले दुःख व्यक्त गरिन, “औषधिको पैसा कटाएर सहयोग गरेको हुँ । रङ्गशाला बनिदिए हुन्थ्यो ।” कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले जनस्तरमै आह्वान गरेपछि देश तथा विदेशका हजारौँले आर्थिक सहयोग गरे तर रङ्गाशाला निर्माणमा फाउन्डेसनले हात झिकेपछि दाताहरू चिन्तित बनेका छन् ।

रङ्गशाला निर्माणका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले आयोजित श्रीमद्भागवत् तथा धनधान्याचल महायज्ञ आयोजक समितिका महासचिव दिनेशकुमार चुकेले महायज्ञमा ६९ करोड रुपियाँ उपलब्ध गराउने कबोल गरेको मध्ये २१ करोड रुपियाँ सङ्कलन भएको बताए ।

उनले भने, “धुर्मुस सुन्तलीलाई विश्वास गरेर नै त्यत्रो रकम उठाएर सहयोग गरियो । तर अहिले निर्माण कार्य अलपत्र पारेर हिँड्नुभयो । फाउन्डेसनका पदाधिकारीको महत्वकाङ्क्षाले निर्माण कार्य रोकियो ।”

फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मस) ले कोरोना कहरका कारण आफूले रङ्गशाला निर्माणको काम पूरा गर्न नसकेको तर्क गर्दै भने, “देशको विषम परिस्थितिका कारण जनताबाट रकम उठाएर निर्माण कार्य सम्पन्न गर्न नसकिने अवस्था आएपछि सरकारसँग सहयोगका लागि आग्रह गरेका छौँ ।” फाउन्डेसनले भरतपुर महानगरपालिकालाई पत्र लेखी बाँकी रहेको निर्माणको जिम्मा लिन अनुरोध गरेको छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP