मंगलबार , बैसाख २९, २०८३

नेपाल उद्योग वाणिज्य महासंघले नारायणीहिटीमा क्याफे सञ्चालनको विषयमा विवादित बनेको बतास समूहको बचाउ गरेको छ । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै महासंघले उक्त प्रकरणमा व्यवसायीक समूह बतास अग्रनाइजेशन र यसका सञ्चालक आनन्द बतासको चरित्र हत्या र मानमर्दन भएको भन्दै आलोचना गरेको छ ।

विज्ञप्तिमा भनिएको छ– ‘मुलुकको अर्थतन्त्रमा ७० प्रतिशत भन्दा बढि हिस्सा राख्ने निजी क्षेत्रमाथि एकतर्फी रुपमा भइरहेको चरित्र हत्या र मानमर्दनप्रति नेपाल उद्योग वाणिज्य महासंघ चिन्ता व्यक्त गर्दछ । पछिल्लो समय नारायणहिटी संग्रहालयमा क्याफ्टेरिया संचालन सम्बन्धी विवादमा बतास अर्गनाइजेसनमाथि भइरहेको एकतर्फी प्रहारप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।’

बतास अर्गनाइजेसनले सरकारले आव्हान गरेको टेन्डरमा कानूनी रुपमा सहभागि भई आवश्यक भाडा बुझाउने शर्तमा क्याप्mटेरिया संचालनको अनुमति पाएको भन्दै महासंघले बचाउ गरेको छ ।

‘स्पष्टीकरणको मौकासमेत नदिई निर्माणाधीन संरचना भत्काइनु कदापी न्याय संगत होइन,’ महासंघले विज्ञप्तीमा भनेको छ ।

यसैबीच यसअघि शुक्रबार नै आनन्द बतासले समेत विज्ञप्ती जारी गरेर सञ्चार माध्यमले आफ्नो प्रतिक्रिया सम्प्रेषण गरिदिएको भन्दै धन्यवाद दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP