शुक्रबार , जेठ १०, २०८२

नेपाल उद्योग वाणिज्य महासंघले नारायणीहिटीमा क्याफे सञ्चालनको विषयमा विवादित बनेको बतास समूहको बचाउ गरेको छ । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै महासंघले उक्त प्रकरणमा व्यवसायीक समूह बतास अग्रनाइजेशन र यसका सञ्चालक आनन्द बतासको चरित्र हत्या र मानमर्दन भएको भन्दै आलोचना गरेको छ ।

विज्ञप्तिमा भनिएको छ– ‘मुलुकको अर्थतन्त्रमा ७० प्रतिशत भन्दा बढि हिस्सा राख्ने निजी क्षेत्रमाथि एकतर्फी रुपमा भइरहेको चरित्र हत्या र मानमर्दनप्रति नेपाल उद्योग वाणिज्य महासंघ चिन्ता व्यक्त गर्दछ । पछिल्लो समय नारायणहिटी संग्रहालयमा क्याफ्टेरिया संचालन सम्बन्धी विवादमा बतास अर्गनाइजेसनमाथि भइरहेको एकतर्फी प्रहारप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।’

बतास अर्गनाइजेसनले सरकारले आव्हान गरेको टेन्डरमा कानूनी रुपमा सहभागि भई आवश्यक भाडा बुझाउने शर्तमा क्याप्mटेरिया संचालनको अनुमति पाएको भन्दै महासंघले बचाउ गरेको छ ।

‘स्पष्टीकरणको मौकासमेत नदिई निर्माणाधीन संरचना भत्काइनु कदापी न्याय संगत होइन,’ महासंघले विज्ञप्तीमा भनेको छ ।

यसैबीच यसअघि शुक्रबार नै आनन्द बतासले समेत विज्ञप्ती जारी गरेर सञ्चार माध्यमले आफ्नो प्रतिक्रिया सम्प्रेषण गरिदिएको भन्दै धन्यवाद दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP