मंगलबार , बैसाख २९, २०८३

विश्वमा पर्यावरणसँग जाेडिएका जलवायु परिवर्तन, मौसममा चरम परिवर्तन र जैविक विविधताकाे नाेक्सानी सबैभन्दा ठूला खतरा औँल्याइएकाे छ । नेपालमा पनि पछिल्लाे समय जलवायु परिवर्तनका मुद्दा जटिल बन्दै गएकाे छ ।

हालकाे अवस्थामा त काेभिड-१९ सबैभन्दा ठूलाे चुनाैती बनेर खडा भएकाे छ ।

तर, वर्ल्ड इकोनमिक फोरम (डब्लूईएफ) द्वारा जारी ‘ग्लोबल रिस्क रिपोर्ट २०२२’ अनुसार नेपालमा सबैभन्दा ठूलाे खतरा राेजगारी र जिविकाेपार्जनमा संकट रहेकाे छ ।

डब्लूईएफद्वारा जारी रिपोर्टअनुसार नेपालमा बेराेजगारीकाे समस्या बढ्दै गएकाे छ । त्यसपछि दाेस्राे ठूलाे खतराकाे रुपमा मानवका कारण पर्यावरणमा क्षति रहेकाे छ । प्राकृतिक स्राेतकाे बढ्दाे दाेहनका कारण नेपालमा पर्यावरणमा क्षति बढ्दै गएकाे हाे ।

तेस्राे ठूलाे खतरामा भूराजनीतिकीकरण रणनीतिक स्रोतलाई लिइएकाे छ भने चाैथाेमा संक्रामक राेगकाे संक्रमण खतरा रहेकाे छ । नेपालमा काेभिड-१९ मात्र हाेइन विभिन्न खाले संक्रामक राेगकाे प्रकाेप बेलाबेला फैलने गरेकाे छ ।

पाँचाै नम्बरमा डिजिटल असमानता र लामाे समयसम्म स्थिर अर्थतन्त्रलाई राखिएकाे छ । प्रविधिकाे क्रान्तिसँगै डिजिटल प्रयाेग बढे पनि गाउँघर तथा विपन्न नागरिक डिजिटल सेवाबाट टाढै छन् । जसकारण डिजिटल सेवाका कारण धनि र गरिबबीचकाे खाडल झन बढ्ने आँकलन गरिएकाे हाे । नेपालमा आर्थिक विकासले गति नसमात्दा स्थिर छ । कुल जनसंख्याकाे झन्डै आधा जनशक्ति श्रमशक्ति रहे पनि विकासले फडकाे मार्न नसक्दा समस्या बढेकाे हाे ।

वर्ल्ड इकोनामिक फोरम (डब्लूईएफ)ले हरेक वर्ष ग्लोबल रिस्क रिपोर्ट जारी गर्छ । जसमा विश्वसामु सबैभन्दा ठूला खतरा पहिचान गरिएकाे हुन्छ जसलाई पाँच श्रेणीमा विभाजन गरिन्छ । जसमा पर्यावरण, सामाजिक, आर्थिक संकट, जियो-पाेलिटिक्स र अन्य विषय समावेश गरिएकाे हुन्छ ।

याे वर्ष’ग्लोबल रिस्क रिपोर्ट २०२२’, मा १२४ देशका १२ हजारभन्दा बढी दिग्गजका धारणा पनि समावेश गरिएकाे छ। त्यसबाहेक सर्वे पनि गरिएकाे छ । -न्युज कारखानाबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP