मंगलबार , बैसाख २९, २०८३

सरकारले कोरोना भाइरसको संक्रमण बढेपनि लकडाउन नगर्ने भएको छ । जोखिम क्षेत्रलाई हेरेर कडाई गर्ने नीति लिएको छ ।

आज स्वास्थ्यमन्त्री विरोध खतिवडाले सरकार लडाउनको पक्षमा नभएको बताए । उनले आवश्यक ठाउँ हेरेर कडाई गर्ने सम्भावना रहेको भने खुलाए ।

लकडाउन नगर्ने कारणमा आर्थिक कारण रहेको सरकारका मन्त्रीहरुले स्पष्ट पारिसकेका छन् । अर्थमन्त्री जर्नादन शर्माले फेरि लकडाउन भए अर्थतन्त्र नै संकटमा पर्ने बताइसकेका छन् । उनले कोरोना भाइरसविरुद्धको खोपमा जोड दिएको खुलाए ।

मन्त्री खतिवडाले पनि लकडाउनको हल्लाबाट आतंकति नहुन आग्रह गरे । सरकारले स्वास्थ्य सम्बन्धी मापदण्ड पालनामा भने विशेष ध्यान दिने बताइएको छ ।

देशमा तिव्र गतिमा कोरोना भाइरसको संक्रमण बढिरहँदा सरकारका मन्त्रीको पछिल्लो भनाई सार्वजनिक भएको हो ।

काठमाडौं उपत्यकामा सबैभन्दा बढी संक्रमण फैलिएको छ । बढी भीडभाड र स्वास्थ्य मापदण्डको बेवास्ताले संक्रमण फैलिएको बताइएको छ । वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले राजनीतिक दलहरुको महाधिवेशन, सभा सम्मेलन र जुलुस कोरोना फैलनुको मुख्य कारण भएको बताइसकेका छन् ।

स्वास्थ्य मन्त्रालयका अधिकारी र सम्वद्ध निकायका चिकित्सकले संक्रमण तिव्र गतिमा फैलिएकोले जोखिम बढेको खुलाइसकेका छन् । अस्पतालहरु संक्रमितले भरिन थालेको छ ।

यसैगरी सरकारले माघ महिनापछि पनि करार र ज्यालादारीका स्वास्थ्यकर्मीलाई थप तीन महिना सेवामा राख्ने निर्णय लिएको छ । कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी उनीहरुलाई जिम्मेवारीमा अझै राखिने उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP