यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्सको अत्यावश्यक भएकाले एक साताअघि निवेदन दिन आग्रह गरेको छ ।
विभागले विदेश जाने, शान्ति सेनामा जाने सेना तथा प्रहरीहरू र अति जरुरी स्मार्ट कार्ड चाहिनेले ७ दिनअघि निवेदन दिन भनेको हो । आवेदन दिएको ७ दिनपछि स्मार्ट लाइसेन्स पाइने विभागको सूचनामा उल्लेख छ ।









