सोमबार , भाद्र १५, २०८३

गणतन्त्रको विरोध र राजतन्त्रको पक्षमा अर्घाखाँचीमा नाराबाजी भएको छ । पृथ्वी जयन्तीको अवसरमा राप्रपा अर्घाखाँचीले सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको प्रदर्शनमा गणतन्त्रको विरोध र राजतन्त्रको पक्षमा नाराबाजी भएको हो ।

सन्धिखर्कको मुख्य चोकहरूमा प्रदर्शन गर्दै राप्रपा कार्यकर्ताहरूले गण्तन्त्र, संघीयता र धर्मनिरपेक्षता देशको लागि आवश्यक नभएकोले देशमा राजतन्त्रको विकल्प नभएको जोड दिएका छन् ।

बजार परिक्रमापछि शान्ति बगैँचामा भएको कोणसभामा राप्रपा अर्घाखाँचीका अध्यक्ष दिपक कुँवरले गणतन्त्रवादीहरूले राजाको इतिहास मेट्न खोज्नु दुर्भाग्य भएको बताए । आस्था र विचारका आधारमा इतिहास मेट्ने प्रयास गरिनु दुःखद् रहेको अध्यक्ष थापाले बताए । कार्यक्रममा राजाको पक्षमा नाराबाजी गर्दै राप्रपा कार्यकर्ताहरूले नाचगानसमेत गरेका थिए । न्युज कारखाना

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP