सोमबार , भाद्र १५, २०८३

जिल्ला सरकारी वकिल कार्यालयले ललितानिवासको सार्वजनिक जग्गा व्यक्तिको नाममा बनाउने प्रकरणसम्बन्धी किर्ते मुद्दामा प्रहरीको अनुसन्धान कमजोर भएको ठहर गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले लिखत किर्ते मुद्दामा अनुसन्धान सकेर सरकारी वकिलको कार्यालय काठमाडौंलाई गत बिहीबार प्रतिवेदन बुझाएको थियो।

कार्यालयले लिखत किर्ते मुद्दा चलाउन पर्याप्त आधार नपुगेको भन्दै प्रमाण अझै बलियो बनाउन सोमबार निर्देशन गरेको हो।निर्देशनसहित थप अनुसन्धान गर्न प्रतिवेदन फाइल फिर्ता पठाउनु नियमित प्रक्रियाजस्तै भएको कार्यालयले जनाएको छ । सिआइबीले तीन सयजनाभन्दा बढीलाई मुद्दा चलाउन सिफारिस गरेको छ।

प्रतिवेदन अध्ययन गरेर कसलाई मुद्दा चलाउने, नचलाउने भन्ने निक्र्योल सरकारी वकिलको कार्यालयले गर्नुपर्छ। सिआइबीले लिखत किर्ते गर्नेहरूलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिइसकेको छ । नागरिक दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP