शुक्रबार , जेठ १०, २०८२

नेपालमा एक सातादेखि दैनिक २ प्रतिशतले कोरोना संक्रमणदरमा वृद्धि भएपछि कोभिड १९ संकट व्यवस्थापन समितिले तत्कालै लकडाउन नगर्ने तर संक्रमणको गति संकटतिर गएमा स्मार्ट लकडाउनको कार्यविधिअनुसार कोरोना संक्रमण नियन्त्रणको व्यवस्थापन गर्ने तयारी भएको जनाएको छ।

समितिकी प्रवक्ता संगीता नेपालले व्यवस्थापन समितिको आइतबारको निर्णय सुनाउँदै भनिन्, ‘अहिले लकडाउन गर्ने तयारी छैन तर संक्रमण बढेमा ठाउँ हेरी स्मार्ट लकडाउन गर्न सकिन्छ।’

प्रवक्ता नेपालका अनुसार कुनै निश्चित जिल्लामा मात्र कोरोना संक्रमित धेरै भएमा, संक्रमणको कारण मृत्युदर र अस्पताल भर्नादर बढेमा त्यही जिल्लामा मात्र लकडाउन गरिने प्रक्रिया हो स्मार्ट लकडाउन। यो लकडाउनको कार्यविधिअनुसार संक्रमण संख्या, मृत्यु संख्या र अस्पताल भर्ना संख्यालाई सूचक मानिन्छ। यस्तो लकडाउनका लागि स्थिति हेरी गृह मन्त्रालयले सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुपर्छ।

अहिलेको अवस्थामा भने स्मार्ट सरकारले कोभिड १९ उपचार तथा व्यवस्थापनको नीति अवलम्बन गरेको प्रवक्ता नेपालले बताइन्। आइतबार बसेको समितिको बैठकले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढीको जमघट हुने गरी सभा, समारोह, पर्व र धार्मिक क्रियाकलाप गर्न नपाइने निर्णय गरेको छ। यो निर्णय कार्यान्वयनमा ल्याउन गृह मन्त्रालयमार्फत सबै जिल्ला प्रशासनमा निर्देशन दिइएको छ। गृहको निर्देशनपछि यो निर्णय माघ ७ देखि कार्यान्वयनमा आउने आजको नागरिक दैनिकमा खवर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP