मंगलबार , बैसाख २९, २०८३

नेपालको ऐतिहासिक–पुरातात्विक सम्पदा र पर्यटकीय क्षेत्रमा बतास अर्गनाइजेसनले चलाउँदै आएको रजगज अब पर्दाभित्रको विषय रहेन ।

नारायणहिटी दरबार संग्रहालय परिसरको जग्गा ‘मिलेमतो’मा भाडा लिएको सार्वजनिक भएपछि बतासको एकपछि अर्को ‘सेटिङ’ सार्वजनिक भएका छन् ।

राजनीतिक शक्ति केन्द्रहरु रिझाएको बतास समूहले सरकारी निकायहरुमा पनि आफ्ना निकटवर्तीहरुलाई पुर्‍याएको पाइएको छ । त्यसमध्ये एक हुन् नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मी ।

बतासको धनञ्जय कनेक्सन

नेकपा एमालेका सचिव योगेश भट्टराई पर्यटनमन्त्री भएकै बेला १४ माघ २०७६ मा रेग्मी सीईओ नियुक्त भएका थिए ।

रेग्मीसँग व्यवसायमा प्रत्यक्ष नजोडिएपनि प्रगाढ सम्बन्ध रहेको आनन्दराज बतास नै बताउँछन् । ‘धनञ्जयसँग हाम्रो कुनै किसिमको साझेदारी छैन,’ आनन्दराज बतास भन्छन्, ‘उनका साझेदार राजेन्द्र भने बतास समूहमै काम सिकेका भाइ हुन् ।’ आइसर गाडी बिक्री गर्ने अटोवेज प्रालिमा बतास र नारायण पौडेलको संयुक्त लगानी छ । बतासका पार्टनर नारायणका भाइ राजेन्द्र र धनञ्जय रेग्मीको लगानीमा पोखरामा टोयटा गाडीको सोरुम छ ।

पर्यटन बोर्डमा आएपछि रेग्मीले पनि बतासका लागि लबिइङ गर्ने गरेको पाइएको छ । सीईओ नियुक्त भएपछि रेग्मीले पर्यटकीय क्षेत्रहरु निजी क्षेत्रलाई दिन छलफल चलाएका थिए । त्यसक्रममा बतास समूहले पाल्पाको रानी महल क्षेत्रलाई हनिमुन’ गन्तब्य बनाउन तानसेन नगरपालिकासँग सार्वजनिक निजी साझेदारीको प्रस्ताव राख्यो । बतासले चाहे जसरी ठेक्का नपाउने भएपछि पर्यटन बोर्डका सीईओ रेग्मीले नगगरपालिकालाई सहज रुपमा निर्णय गर्न प्रोत्साहित गरेका थिए ।

तर नगरपालिकाले कानुन विपरीत वन र पुरातात्विक क्षेत्र प्रयोग गर्न र त्यसमा थप संरचना बनाउन नदिने बताएपछि बतास समूह पछि हट्न बाध्य भयो ।

वातावरणीय असर पर्ने गरी चरम व्यवसायिक ढंगको प्रस्ताव गरेकाले विज्ञ समितिको सिफारिसअनुसार बताससँग सम्झौता नगरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डे बताउँछन् । ‘जताततै कंक्रिटिङ गर्ने प्रस्ताव आएको थियो,’ पाण्डे भन्छन्, ‘त्यो कम्पनीसँग सम्झौता नगरेर ठीक गरिएछ भन्ने भएको छ ।’

पर्यटन बोर्डका सीईओ रेग्मी भने जीर्ण अवस्थामा पुगेको रानीमहल संरक्षणका लागि ‘द्वारिकाज’ जस्तै रातको हजार डलरसम्म तिर्ने थोरै तर धनी पर्यटक राख्ने होटल बनाउन चाहेको बताउँछन् ।

‘अलि महंगो मूल्य लिन सक्ने गरी व्यवस्थापन गर्ने भिजन भएको मान्छेले मात्रै त्यहाँ होटल चलाउन सक्छ भनेको हुँ,’ उनले भने, ‘बतासजीसँग मेरो चिनजान भएपनि कुनै व्यापारिक सम्बन्ध छैन । म उहाँलाई पोखराको ठूलो, राम्रो र इमान्दार व्यापारीको रुपमा चिन्छु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP