बिहिबार , जेठ ९, २०८२

सिन्धुपाल्चोककी १४ वर्षीया किशोरी रोशनी श्रेष्ठमा टाउकोसम्बन्धी समस्या भएपछि उनको परिवार उपयुक्त उपचारको खोजीमा थियो । कैयन् पटक अस्पताल पनि लगियो, तर टाउको दुख्ने समस्या निको नभएपछि उनकी आमालाई कसैले सुनायो– काठमाडौंको नागार्जुन नगरपालिका १ स्थित पानी ट्याङ्कीमा चर्चित धामी छन्, त्यहाँको ‘धामी आश्रम’मा लैजाऊ ।

छोरीको समस्या निको हुने ठानेर श्रेष्ठकी आमा गत पुस ३ गते त्यही धामीकहाँ पुगिन् । उनले छोरीको समस्याबारे धामी उमा शाही ठकुरीलाई बेलिबिस्तार लगाइन् । सबै समस्या सुनेपछि धामीले आफूले समस्या निको पार्नेमा आस्वस्त पार्दै छोरीलाई छाडेर जान भनिन् । धामीले निको पार्ने भनिसकेपछि सोहीअनुसार छोरी छाडेर फर्किइन् आमा । तर, बिडम्बना धामीकहाँ छाडेर गएको २१ दिनपछि अर्थात शनिबार उनै छोरीको कहिल्यै नफर्किने गरी संसारबाट बिदा भएकी छन् ।

पीडितका एक आफन्तले धामीले कुटपिट गरेर रोशनीको हत्या गरेको दावी गरे । मृतकको शरीरका विभिन्न भागमा निलडाम देखिएको छ भने नाकबाट रगत बगेको र रगत जमेको अवस्थामा देखिएको छ । रहस्यमय ढंगले मृत्यु भएको रोशनीको धामीले त्रिशूलले घोचेर गएराति हत्या गरेको आफन्तले दावी गरेका छन् ।

शनिबार बिहानै धामीको त्यो अशुभ खबर !

मृतकका आफन्तका अनुसार टाउको दुख्नेबाहेक मृतकका खासै समस्या थिएन । १४ वर्ष भएपनि १८ वर्षको जस्तै हट्टाकट्टा देखिन्थिन् रोशनी । ‘सामान्य कहिलेकाहीँ टाउको दुख्ने समस्या थियो । आमाले धामीबारे थाहा पाएपछि त्यहाँ लगेर पुस ३ गते छाड्नुभएको रहेछ’, ती आफन्तले भने, ‘धामीले ट्रस हालेर बसोबास गरेको रहेछ । त्यहाँ पुर्याउँदाखेरी तपाईँको बच्चालाई सबै ठीक पार्छु, मेरो जिम्मा छाडिदिनु भनेपछि छाडिएको हो ।’

तर गएराति कुटपिट भएर रोशनी बेहोस भएपछि अवस्था जटिल भएको भन्दै आमालाई खबर गरिएको पीडितको भनाइ छ । धामीले खबर गरेपछि आफन्त पुगेर स्वयम्भुस्थित मनमोहन अस्पताल लगेपनि पहिल्यै बच्चाको मृत्यु भएको जानकारी गराइएको थियो ।

‘नाकबाट आएको रगत जमेर जाम भएको थियो । जिउभरी निलडाम र त्रिशूलले घोचेको देखिने डामहरु थियो’, आफन्तहरुले दावी गरेका छन् । मृतकको शव अहिले पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।

धामी पक्राउ, हिरासतमा जादुकला

​पीडित परिवारको उजुरीपछि प्रहरीले धामी ठकुरीलाई पक्राउ गरेको छ । हिरासतमा पनि धामीले काप्नेदेखि अनेक जादुकला देखाउने गरेको पीडितहरुले बताएका छन् । पीडितले शनिबार नै धामीलाई हिरासतमा राखिएको महानगरीय प्रहरी वृत्तमा पुगेर कडाभन्दा कडा कारबाहीको माग गरेका छन् । स्वयम्भुका डीएसपी मिलन केसीले पीडकलाई प्रक्रियाअनुसार कारबाही गरिने विश्वास दिलाएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दीनेशराज मैनालीले पनि घटनापछि प्रहरीले धामी ठकुरीलाई पक्राउ गरेको बताए । मृतकको शव पोस्टमार्टमका लागि पठाइएको भन्दै उनले यसबारे अनुसन्धान सुरु गरिएको बताए ।

मृतक रोशनी कक्षा ७ मा अध्ययनरत थिइन् भने उनका बाबु रणबहादुर विगत ७ वर्षदेखि वैदेशिक रोजगारीको शिलशिलामा मलेसियामा छन् । छोरी निको हुने आशमा धामीको जिम्मा लगाएको श्रेष्ठ परिवारलाई छोरीको अप्रत्याशित मृत्युले बज्रपात भएको छ ।

राजधानीमा धामीको उपचार केन्द्रमा यौन हिंसादेखि यातनासम्मका घटनाहरु बेलाबेलामा बाहिरिने गरेका छन् । धामीझाँक्री उपचार पद्धति अन्धविश्वास भएपनि कतिपयले यसमै विश्वास गर्दा बेलाबेलामा यस्तै दुर्घटनाहरु बाहिरिने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP