मंगलबार , बैसाख २९, २०८३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय सभाको चुनावमा पाँच दलीय गठबन्धनका कारण झस्किएका छन् । एकपछि अर्को धक्का खान थालेपछि उनी झस्किएका हुन् । गठबन्धनमा कुनै अन्तर्घात नभए राष्ट्रियसभाको १९ सिटमा एमालेलाई नराम्रो धक्का लाग्न सक्छ । यसको असर आगामी वर्ष हुने तीन तहको चुनावमा पर्न सक्छ ।यसैलाई दृष्टिगत गरी ओली गठबन्धन भत्काउने रणनीतिमा लागेका छन् । उनले अमेरिकी सहयोगसम्बन्धी एमसीसीलाई गठबन्धन भत्काउने उत्तम अस्त्रका रुपमा देखेका छन् । गठबन्धनभित्र एमसीसीबारे मतभेद छ । नेपाली काँग्रेस एमसीसीको पक्षमा खुलेको छ । तर, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनमोर्चा नेपाल एमसीसी सदनबाट पारित गर्ने पक्षमा छैनन् ।

ओलीले सदन खुलाएर एमसीसी अगाडि बढाएमा साथ दिन सक्ने बताएका छन् । तर, त्यसका लागि गठबन्धन तोड्नुपर्ने उनको शर्त छ । काँग्रेसलाई एकलौटी सरकारको नेतृत्व गर्न दिन समेत ओली तयार छन् ।

काँग्रेस सभापति शेरबहादुर देउवा एमसीसी पारित गराउने पक्षमा छन् । उनले सकभर गठबन्धनभित्र सहमति बनाएर एमसीसी पारित गर्ने नभए ओलीसँग मिलेर भएपनि पारित गर्ने रणनीति बनाएको देखिन्छ । यो दुवै अवस्थामा नगए उनले एमसीसी यो सदनबाट नभई अर्को सदनबाट पारित गराउने गरी अलमल गराउन सक्छन् ।

ओलीका लागि चुनावको चाहना देखिदैछ । उनी सकभर छिटो चुनाव गराउन चाहन्छन् । देउवालाई त्यसका लागि दबाब दिइरहेका छन् । देउवाले भने सरकार पूरा अवधि टिकेर मंसिरमा चुनाव हुने संकेत गरेका छन् । तर, राजनीतिक लेनदेनले धेरै घटनाहरु मोडिन सक्छ ।

ओलीले कुनै हालतमा गठबन्धन तोड्नुलाई अहिलेको मुख्य लक्ष्य देखेका छन् । गठबन्धन तोड्न नसके चुनावमा ठूलो धक्का खान सकिने डर ओलीलाई परिसकेको छ । यसैले उनले एमाले एक्लै हिंड्ने रहर गर्दैन सम्म भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP