बिहिबार , जेठ ९, २०८२

हस्तान्तरण गरेको दोस्रो वर्षमा प्रवेश गर्दा नेपालका ध्वजावाहक रेल दोस्रो पटक गुडे । नेपालको जयनगरबाट भारतको कुर्थासम्मको ३४ किलोमिटर दूरी रेलले तय गरेका हुन् । २०७७ असोज २ गते भित्रिएका दुई रेल कात्तिक ५ गते भारतीय रेल्वे कम्पनी कर्पोरेसन (कोँकण)ले नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गरेको थियो । ८४ करोड ६५ लाख रूपियाँमा रेल किनिएका हुन् । तर, ती रेल डेढ वर्षदेखि धनुषाको इनरुवा रेल्वे स्टेसनमा त्रिपाल ओढाएर थन्काइएका थिए ।

ती रेल ल्याइएपछि शनिबार दोस्रो पटक परीक्षण गरिएको हो । यसबीचमा रेल चलाउने मिति पटक–पटक सर्दै आएको छ । पछिल्लो पटक गत मङ्सिरमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले अध्यादेशबाट कानुन बनिसकेको र अब चाँडै रेल सञ्चालन हुने प्रतिबद्धता जनाएकी थिइन् ।

उनीसहित रेल सञ्चालनसम्बन्धी प्रतिबद्धता जनाउने मन्त्री तीन पुग्दा पनि रेल सञ्चालन भएको छैन । तर, आजको लिक परीक्षणले अब रेल कुद्ने आशा जागेको छ । आजको परीक्षणका क्रममा गत मङ्गलबार भारतीय रेलका प्राविधिक टोलीसहितले रेलमार्ग परीक्षण गरेका थिए ।

टोलीले भारतका तर्फबाट सम्पूर्ण तयारी भएको जानकारीसमेत गराएको थियो । रेल नचल्दाको घाटा पूर्वाधारमा पनि परेको छ । रेलमार्गका क्लिप चोरी हुँदा पनि नेपाललाई निकै नोक्सानी भएको नेपाल रेल्वेका महाप्रबन्धक निरञ्जन झाले बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP