मंगलबार , भाद्र १६, २०८३

हस्तान्तरण गरेको दोस्रो वर्षमा प्रवेश गर्दा नेपालका ध्वजावाहक रेल दोस्रो पटक गुडे । नेपालको जयनगरबाट भारतको कुर्थासम्मको ३४ किलोमिटर दूरी रेलले तय गरेका हुन् । २०७७ असोज २ गते भित्रिएका दुई रेल कात्तिक ५ गते भारतीय रेल्वे कम्पनी कर्पोरेसन (कोँकण)ले नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गरेको थियो । ८४ करोड ६५ लाख रूपियाँमा रेल किनिएका हुन् । तर, ती रेल डेढ वर्षदेखि धनुषाको इनरुवा रेल्वे स्टेसनमा त्रिपाल ओढाएर थन्काइएका थिए ।

ती रेल ल्याइएपछि शनिबार दोस्रो पटक परीक्षण गरिएको हो । यसबीचमा रेल चलाउने मिति पटक–पटक सर्दै आएको छ । पछिल्लो पटक गत मङ्सिरमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले अध्यादेशबाट कानुन बनिसकेको र अब चाँडै रेल सञ्चालन हुने प्रतिबद्धता जनाएकी थिइन् ।

उनीसहित रेल सञ्चालनसम्बन्धी प्रतिबद्धता जनाउने मन्त्री तीन पुग्दा पनि रेल सञ्चालन भएको छैन । तर, आजको लिक परीक्षणले अब रेल कुद्ने आशा जागेको छ । आजको परीक्षणका क्रममा गत मङ्गलबार भारतीय रेलका प्राविधिक टोलीसहितले रेलमार्ग परीक्षण गरेका थिए ।

टोलीले भारतका तर्फबाट सम्पूर्ण तयारी भएको जानकारीसमेत गराएको थियो । रेल नचल्दाको घाटा पूर्वाधारमा पनि परेको छ । रेलमार्गका क्लिप चोरी हुँदा पनि नेपाललाई निकै नोक्सानी भएको नेपाल रेल्वेका महाप्रबन्धक निरञ्जन झाले बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP