आइतबार , बैसाख २१, २०८२

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले निष्काशन गरेका राप्रपा काभ्रेका अध्यक्ष टुल्कु लामालगायत नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार राप्रकाका जिल्ला अध्यक्ष टुल्कु लामा र पदाधिकारीलगायत जिल्ला नेतृत्व तथा अन्य पार्टी परित्याग गर्नेलाई एमालेमा प्रवेश गराएका हुन् ।

एमाले काभ्रेलाञ्चोकको १०औँ जिल्ला अधिवेशनलाई धुलिखेलमा सम्बोधन गर्न पुगेका ओलीले उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।

पार्टी हितविपरीतको गतिविधि गरेको भन्दै लिङ्देनले केही दिनअघि लामासहित उपाध्यक्ष श्रीदास लामा, उपाध्यक्ष गंगामाया लामा र सचिव धनजित लामालाई कारबाहीको घोषणा गरेका थिए । सो कारबाहीको पूर्वअध्यक्ष कमल थापाले विरोध गरेका थिए । उनीहरु एमालेमा जान लागेको सूचना आएकालेनै राप्रपा काभ्रेकै अन्य नेताको सिफारिसमा निष्काशन गरिएको राप्रपाका नेताहरुको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP