सोमबार , भाद्र १५, २०८३

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हिँड्ने सडकमा स्थानीयवासीले ढाट लगाएका छन्।

झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ झिलझिलेमा ५० करोडको लागतमा निर्माण भएको वाटर किङ्डम पार्कको उद्घाटनका लागि पूर्वप्रधानमन्त्री ओली आइतबार आउने कार्यक्रम छ।

पूर्व-पश्चिम राजमार्गको झिलझिलेबाट दक्षिण चार सय मिटर सडकमा परेको खाल्डाखुल्डीमा शिवसताक्षी नगरपालिकाले माटो पुरेर आँखामा छारो हाल्ने काम गरेको भन्दै स्थानीयले विरोध गर्दै ढाट लगाएका हुन्।

नगरप्रमुख चन्द्रकुमार शेर्माले बिहीबार नै सम्बन्धित वडाका वडाध्यक्षलाई सडकमा परेका खाल्टा पुर्नका लागि अख्तियारी दिएका थिए।

तर परेका खाल्डामा पालिकाले माटो ल्याएर पुरेको भन्दै स्थानीयले सोको विरोध गर्दै ढाट लगाएको बताए। ‘हाम्रो विरोध होइन, खबरदारी मात्र हो। पालिकाले लापरबाही गर्नु हुन्न,’ एक स्थानीयले भने।

नगर प्रमुख शेर्माले खाल्डाखुल्डी पुर्न आवश्यक बजेट नगरपालिकाले व्यहोर्ने समेत बताएका थिए। स्थानीयले परेका खाल्डाखुल्डीको लागि ल्याएको माटो तत्काल फिर्ता लगेर कालोपत्रे गर्न समेत माग गरेका छन्।

पूर्वप्रधानमन्त्री ओली आइतबार झापा आउने कार्यक्रम छ। दिउँसो १२ बजे उनले एक समारोहका बीच वाटर किङडम पार्कको औपचारिक उद्घाटन गर्ने छन्।

यसका लागि सडकबाहेक सबै तयारी भइसकेको शिवसताक्षी नगरको पार्टी स्थानीय कमिटीले जनाएको छ। पार्क उद्घाटन गरेपछि २५६ लामो र ५८ फिट उचाइको जीपलाइनको मजा लिने ओलीको कार्यक्रम रहेको पार्क सञ्चालक राजकुमार संग्रौलाले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP