आइतबार , बैसाख २१, २०८२

महामन्त्री गगन थापाले आगामी चुनावमा आफ्नो पार्टी नेपाली कांग्रेसले एक्लै लड्ने बताएका छन् ।

कांग्रेसले कुनै पार्टीसँग पनि गठबन्धन नगर्ने उनले स्पष्ट पारेका छन् ।

कांग्रेस जिल्ला कार्यसमिति गोरखाले आज आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षणमा मन्तव्य राख्दै थापाले भने, ‘अबको चुनावमा कांग्रेसका कार्यकर्ताले रुख चिन्हबाहेक अन्त भोट हाल्नुपर्ने अवस्था आउँदैन । यो विश्वास म दिलाउन चाहन्छु ।’

अघिल्लो पटक राष्ट्रिय परिस्थितिका कारण गठबन्धन गर्नुपरेको स्पष्ट पार्दै उनले योपटक त्यस्तो नहुने बताए ।

सो अवसरमा थापाले आगामी वैशाखमा स्थानीय चुनाव हुने जानकारी दिए ।

साथै, उनले पार्टीको विधानअनुसार गतिविधि गर्न नेता–कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP