सोमबार , भाद्र १५, २०८३

महामन्त्री गगन थापाले आगामी चुनावमा आफ्नो पार्टी नेपाली कांग्रेसले एक्लै लड्ने बताएका छन् ।

कांग्रेसले कुनै पार्टीसँग पनि गठबन्धन नगर्ने उनले स्पष्ट पारेका छन् ।

कांग्रेस जिल्ला कार्यसमिति गोरखाले आज आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षणमा मन्तव्य राख्दै थापाले भने, ‘अबको चुनावमा कांग्रेसका कार्यकर्ताले रुख चिन्हबाहेक अन्त भोट हाल्नुपर्ने अवस्था आउँदैन । यो विश्वास म दिलाउन चाहन्छु ।’

अघिल्लो पटक राष्ट्रिय परिस्थितिका कारण गठबन्धन गर्नुपरेको स्पष्ट पार्दै उनले योपटक त्यस्तो नहुने बताए ।

सो अवसरमा थापाले आगामी वैशाखमा स्थानीय चुनाव हुने जानकारी दिए ।

साथै, उनले पार्टीको विधानअनुसार गतिविधि गर्न नेता–कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP