मंगलबार , बैसाख २९, २०८३

सरकारले दुधको मूल्य निर्धारणका लागि प्रकृया थालेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एक समिति बनाएर राष्ट्रिय दुग्ध विकास बोर्डमार्फत सातवटै प्रदेशमा अध्ययन गरिसकेको छ । अध्ययनका आधारमा प्रतिवेदन तयार पार्ने काम भैरहेको बोर्डका प्रमुख राजेन्द्र यादवले बताउनुभयो ।

आइतबारसम्ममा प्रतिवेदन मन्त्रालयलाई बुझाउने तयारी छ । मन्त्रालयले प्रतिवेदन अध्ययन गरी दुग्धको मूल्य निर्धारण गर्नेछ । दाना, चोकरलगायत दुध उत्पादनका बस्तुको मूल्य बढेकाले दूधको मूल्य बढाउन किसान र उद्योगबाट प्रस्ताव आएको बोर्डले जनाएको छ । बोर्डले प्रतिलिटरमा ८ देखि १० रुपैयाँसम्म बढाउनेगरी गृहकार्य गरिरहेको छ । यसअघि २०७६ साल भदौमा दूधको मूल्य ६ रुपैयाँले बढेर प्रतिलिटर ७६ रुपैयाँ तय भएको थियो । त्यसयता दुधको मूल्य वृद्धि भएको छैन । यसपालि कच्चा दुधकै मूल्य निर्धारण हुने र त्यसका आधारमा प्रशोधित दुधको अर्को मूल्य निर्धारण गर्ने तयारी छ ।

वाग्मती प्रदेश दुग्ध विकास बोर्डले दश रुपैयाँ मूल्य बढाउन कृषि मन्त्रालयलाई सिफारिस गरेको छ । प्रदेश कृषि तथा पशुपन्छी मन्त्री एवं बोर्डका अध्यक्ष बसुन्धरा हुमागाईंको अध्यक्षतामा बसेको बोर्डको बैठकले मूल्य बढाउन अनुरोध गर्ने निर्णय गरेको थियो । अबको १५ दिनभित्र दुधको मूल्यमा समायोजन नभएर वाग्मती प्रदेशले दुधको मूल्य समायोजन गर्ने अध्यक्ष हुमागाईंले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP