मंगलबार , बैसाख २९, २०८३

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले ललिता निवास जग्गा प्रकरणको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौलाई बुझाएको छ । बिहिबार बुझाएको प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले आरोपीमाथि मुद्दा दायर प्रक्रिया बढाउने भएको छ ।

सीआइबीले बुझाएको प्रतिवेदनमा ३ सयभन्दा बढी संलग्न पाइएको प्रवक्ता श्यामकुमार महतोले बताए । चारवटा फरक मुद्दा भएकाले केही व्यक्ति दोहोरिएको उनको भनाई छ । चारैजना अनुसन्धान अधिकृत पुगेर प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदनले लामो अनुसन्धानपछि निष्कर्षसहित सरकारी वकिल कार्यालयसामु प्रस्तुत गरेको बुझिएको छ । अब सरकारी वकिल कार्यालयले थप अध्ययन गरी मुद्दा दायर गर्ने बुझिएको छ ।

सीआइबीको प्रतिवेदनमा बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, डा. बाबुराम भट्टराईको नाम भने नभएको विश्वस्त स्रोतले बताएको छ । मन्त्रीहरु विजयकुमार गच्छेदार, चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ र राज्यमन्त्री सञ्जय साहविरुद्ध मुद्दा नचल्ने गरी प्रतिवेदन पुगेको बुझिएको छ ।
तत्कालीन मुख्यसचिव माधव घिमिरे र लिलामणि पौडेलले पनि उन्मुक्ति पाउने भएका छन् । घिमिरेको निधन भइसकेको छ ।

तर, ललिता निवास प्रकरणबारे विभिन्न निर्णय हुँदा सचिव भएका दीप बस्न्यात, छविराज पन्त, युवराज भुसाल, नारायणगोपाल मलेगो र दिनेशहरि अधिकारीविरुद्ध किर्ते मुद्दा चलाउने प्रतिवेदन तयार पारिएको छ । बस्न्यातले गर्दा आफूहरु समस्यामा परेको भन्दै बाँकी पूर्वसचिवहरुले भनिरहेको बुझिएको छ । राजनीतिक प्रक्रियाबाट सत्तामा पुगेकाको मौखिक आदेशमा कतिपय कर्मचारी बलीको बोका बनाइएका छन् ।

कतिपय सचिवहरुले ललिता निवास प्रकरणबारे मन्त्रीको दबाब आउँदा पनि विरोध जनाएका थिए । तर, उनीहरुलाई पनि सीआइबीको प्रतिवेदनले आरोपी देखाएको बुझिएको छ ।

ललिता निवास प्रकरणमा जग्गा नाममा रहेकाहरु पनि आरोपी छन् । उनीहरुमध्ये को को माथि मुद्दा चल्ने हो चासोको विषय बनेको छ । जग्गा नाममा भएकामा कतिपय नेताका सन्तान र कर्मचारीका आफन्त पनि छन् । एमाले नेता विष्णु पौडेलका छोरा पनि हुन् । कतिपय शक्तिशाली निकायमा छन् । उनीहरुलाई उन्मुक्ति दिन खोजिएको छ । कतिपय पूर्व कर्मचारीहरुले घूसवापत् आफन्तका नाममा जग्गा राखेको पाइएको छ । जग्गा नाममा हुनेहरु पनि बलीको बोका बनाइएका छन् ।

विशेषगरी, मालपोत र नापीका कर्मचारीमाथि मुद्दा चल्ने गरी ललिता निवास जग्गा प्रकरणमा सीआइबीले प्रतिवेदन बनाएको छ । मुख्य आरोपी रामकुमार सुवेदी, शोभाकान्त ढकाल, माधवी सुवेदी र उमा ढकाललाई मुख्य दोषी बनाइएको छ । उनीहरुमध्ये उमा ढकाल फरार छिन् । शोभाकान्त डिल्लीबजार कारागारमा छन् । रामकुमार र माधवी सीआइबीको हिरासतमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP