मंगलबार , बैसाख २९, २०८३

प्रधानमन्त्री शेरबहादुर देउवा संघीय संसदमा देखिएको गतिरोध अन्त्यका लागि क्रियाशील हुने भएका छन् । लामो समयसम्म सदनमा देखिएको प्रमुख विपक्षी दल एमालेको अवरोध अन्त्य गर्ने विषयमा प्रधानमन्त्री देउवा क्रियाशील हुने भएका हुन् । यसका लागि देउवा एमाले अध्यक्ष केपी ओलीसँग छलफल गर्ने तयारीमा रहेकाे गठबन्धनकी नेतृ तथा राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले जानकारी दिइन् ।

‘सदनमा देखिएको अवरोध हटाउन प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग छलफल गर्न तयार हुनु भएको छ,’ न्युज कारखानासँग उनले भनिन् ।आफ्नो पार्टी विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको र पार्टीले कारबाही गरेकालाई सांसदको मान्यता दिइरहेको भन्दै एमालेले संघीय संसदको नवौं र चालू दसैं अधिवेशनका बैठकमा नाराबाजी गर्दै अवरोध सृजना गरिरहेको छ ।

गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बिहीबार बसेको बैठकमा प्रधानमन्त्री देउवाले ओलीसँग भेटेर राजनीतिक गतिरोध अन्त्यका लागि प्रयास थाल्न लागेको जानकारी दिइएको उनले बताइन् ।

‘आज बसेको बैठकमा संयन्त्र संयोजक रामचन्द्र पौडेलले राजनीतिक गतिरोध हटाउन प्रधानमन्त्री देउवा ओलीसँग छलफल गर्न लाग्नु भएको ब्रिफिङ गराउनुभयो’, पौडेलले भनिन्, ‘ओली बालुवाटार आउनु भएन भने म आफैँ बालकोट जान तयार रहेको देउवाले पौडेललाई बताउनु भएको बैठकमा जानकारी दिइयो ।’ उनका अनुसार बुधबार भएको पौडेलसँग भेटमा देउवाले गतिरोध अन्त्यका लागि आफू ओलीलाई बालकोटमै गएर भए पनि भेट्न तयार रहेको बताएका हुन् ।

एमाले सांसदको नाराबाजीका कारण सदन बैठक प्रभावित हुँदै आएको छ । नवौँ अधिवेशनका सबै बैठकमा नाराबाजी गरेका एमाले सांसदले चालू १०औँ अधिवेशनका बैठकमा पनि अवरोध सृजना गरिरहेका छन् । न्युज कारखाना

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP