बिहिबार , जेठ ९, २०८२

झापाको मेचीनगर-७ मा भएको आगोलागीमा परी एक जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।

बुधबार राति केशव पाठकको घरमा अचानक आगलागी भएको थियो । आगो निभाउने क्रममा खाना पकाउने ग्यास विस्फोट हुँदा मेचीनगर-८ की ४५ वर्षीया सारदा राजवंशीको मृत्यु भएको हो ।उक्त घरमा रामेछापका कुमार पाण्डेको परिवार बस्दै आएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी वसन्त पाठकले जानकारी दिए ।

टिनको छानो, चित्राको बेरा भएको १ तले कच्चट्ठ घर पूणर्रूपमा जलेर नस्ट भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये ११ जनाको बिर्तामोडस्थित बिएण्डसी असप्तालमा उपचार भइरहेको छ भने मेचीनगर-८ का ८ वर्षीया शुसीला अधिकारी उपचारपछि घर फर्किएकी छन्।

आगलागीमा ग्यास विस्फोट हुँदा बिर्तामोड-९ का २९ वर्षीय गोविन्दप्रसाद राजवंशीको, मेचिनगर ७ का ३२ वर्षीय दिपेन्द्र कार्की, ३८ वर्षीय चन्दन गौतम, ४० वर्षीय सुवलाल राजवंशी, ३५ वर्षीय विनोद गिरी, ३५ वर्षीय नवराज श्रेष्ठ, २३ वर्षीय सन्देश बोहोरा, ४० वर्षीय भवानीशंकर न्यौपाने, ३६ वर्षीय हरि विक र ३६ वर्षीय निर्मल शर्मा र मेचीनगर-८ का ४० वर्षीय लेखनाथ तिमल्सिना रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP