बिहिबार , जेठ ९, २०८२

निरन्तर बढ्दो क्रममा रहेको डिजिटल कारोबारमा संकुचन आउने संकेत देखिएको छ । गत असोजसम्म वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएसजस्ता अनलाइन भुक्तानी माध्यमबाट हुने कारोबार रकम बढ्दो क्रममा थियो । तर, कात्तिकमा आउँदा अनलाइन भुक्तानीका अधिकांश माध्यमबाट हुने कारोबार रकम तथा संख्या पनि घटेको छ ।

नेपाल राष्ट्र बैंकबाट प्राप्त कात्तिक मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार असोजको तुलनामा कात्तिकमा वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएसलगायतका माध्यमबाट भएको कारोबार रकम घटेको छ । साथै, कारोबार संख्यामा पनि कमी आएको छ ।

कोरोना महामारीका कारण पछिल्लो समय नेपालमा अनलाइन भुक्तानीको प्रचलन ह्वात्तै बढेको थियो । तर, कात्तिकमा एकाएक यसमा संकुचन आएको छ । कोरोना त्रास कायमै रहेको बेला अनलाइन माध्यमबाट हुने भुक्तानी घट्नुलाई महत्त्वका साथ हेरिएको छ । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP