सोमबार , भाद्र १५, २०८३

बालुवाटार जग्गा घोटाला काण्डको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ३ सय जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । उक्त जग्गा कीर्ते काण्डमा कांग्रेस नेता विजयकुमार गच्छदारसहित उच्च तहका राजनीतिक तथा सरकारी कर्मचारी तानिने भएका छन् ।उक्त काण्डमा हाई प्रोफाइलका व्यक्तिहरू संलग्न रहेकाले प्रहरीले फेला परेका केही व्यक्तिलाई मात्र पक्राउ गरेर अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ । ब्युरोले पुस महिनाभित्र मुद्दा अदालतमा बुझाइसक्नुपर्ने भएकाले केही व्यक्तिलाई पक्राउ गरी हाई प्रोफाइलका व्यक्तिलाई भने पक्राउ नगरीकनै अनुसन्धान प्रतिवेदन मात्रै अदालतमा बुझाउने तयारी गरेको स्रोतले बताएको छ ।

प्रधानमन्त्री देशबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रयोग गरेर प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीमार्फत ब्युरोलाई हाइप्रोफाइलका व्यक्तिलाई सकेसम्म पक्राउ नगर्नु भन्ने आशयको निर्देशन दिएपछि ब्युरोले अनुसन्धान प्रतिवेदन मात्रै अदालतमा पेस गर्ने तयारी गरेको छ । ब्युरोले हाई प्रोफाइलका व्यक्तिको अनुसन्धान प्रतिवेदन अदालतमा बुझाएपछि उनीहरू अदालतमा सेटिङ गरी धरौटीमा छुट्ने प्रपन्च गरिरहेको स्रोतको दाबी छ ।

ब्युरोका प्रमुख डीआईजी धीरजप्रताप सिंहले भने ३ सय जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको र उनीहरूको खोजीलाई ब्युरोले तीव्र बनाएको दाबी गरेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP