मंगलबार , बैसाख २९, २०८३

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संसदको गतिरोध अन्त्य गर्न आग्रह गरेका छन्।

बुधबार ओली निवास बालकोट पुगेर उनले अदालत र संसदमा भइरहेको घटनाक्रमले मुलुक नै ‘डेडलक’ मा गएको बताए।भेटमा पौडेलले भने,‘अदालत र संसद प्यारालाइज्ड भयो। जसका कारण मुलुक नै डेडलक भयो। हामीले यत्रो संघर्ष गरेर ल्याएकोे संविधानमाथि आक्रमण भइरहेको छ। हामी जत्तिका जिम्मेवार राजनीतिज्ञले डेडलक नफुकाउने हो भने व्यवस्था र हामीप्रति नै वितृष्णा बढ्छ।’

जवाफमा ओलीले अटेर गर्ने, पेलेर अघि बढ्ने सभामुखलाई हटाउनु पर्ने अडान राखे।

माधवकुमार नेपालहरूलाई कारबाही गरेमात्र ‘डेडलक’ खुल्ने उनले बताए।‘अटेर गर्ने, पेलेर अघि बढ्ने सभामुख हटाउनु पर्छ। उहाँले माधवकुमार नेपालहरूलाई कारबाही गर्न मान्नुभएन। कारबाही हुनुपर्छ। अनि मात्रै डेडलक खुल्छ’, उनले भने।

उनले प्रधानमन्त्रीसँग कुरा गर्न ओलीलाई सुझाए।

उनले ओलीलाई भने, ‘प्रधानमन्त्रीसँग पनि कुरा गर्नुस्। सभामुख हटाउन पनि प्रक्रिया होला। कुरा त गर्न पर्ला नि। तर, अदालत र संसदको डेडलक हटाऔं।’

उनीहरूबीच करिब एक घण्टा कुरा भएको स्रोतले बतायो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP