आइतबार , बैसाख २१, २०८२

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवाले दम्भ देखाएको आरोप लगाएका छन् । उनले आज शेखर कोइराला पक्षको भेलामा बोल्दै दम्भ राखेर पार्टी नचल्ने बताए ।

‘महाधिवेशनमा ४० प्रतिशत मत प्राप्त शेखर कोइरालालाई बाहिर राखेर पार्टी चलाउँछु भन्ने दम्भ हो,’ थापाले भने । उनले सभापतिले सबैलाई समेटेर जानुपर्ने बताए ।

महाधिवेशनपछि देउवा सबैको सभापति भएकोले सबैलाई मिलाएर जानसक्नुपर्नेमा फरक बाटोमा हिंड्न खोजेको आरोप लगाए ।

थापाले केन्द्रीय सदस्य मनोनयन गर्दाको मापदण्ड देखि राष्ट्रियसभा सदस्यको उम्मेदवार चयन प्रक्रियाको विरोध गरे । उनले संसदीय बोर्ड गठन गरेर त्यसमार्फत् उम्मेदवार चयन गर्नुपर्ने बताए ।

थापाले राष्ट्रियसभाको निर्वाचनपछि चुनावी गठबन्धन समाप्त हुने बताए । त्यसपछि काँग्रेस तीन तहको निर्वाचनमा जाँदा एक्लै जाने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP