मंगलबार , बैसाख २३, २०८२

गिनीज बुक अफ वल्र्ड एक यस्तो किताब हो जसमा विश्वभरीका यस्ता मानिसको नाम दर्ता हुन्छ, जुन सबैभन्दा पृथक हुन्छन् । कसैले आफ्नो क्षमताले त कसैको आफ्नो शारीरिक विशेषताले यो पुस्तकमा आफ्नो नाम लेखाउन सफल भएका छन् । यो किताबमा उनै मानिसको नाम समावेश हुन्छ जुन सामान्य मानिस भन्दा फरक हुन्छन् । यस्तै महिलामध्येकी एक थिइन् एलिफ कोकामन । जसले सानो शरीरका कारण विश्वमा आफ्नो पहिचान बनाएकी थिइन् ।

यद्यपि यी महिला हाल भने हामीमाझ छैनन् । एलिफाको ३३ वर्षको उमेरमा निधन भएको छ । विश्वकै होची महिलाको रुपमा एलिफाको नाम एक वर्षसम्म गिनिज बुक अफ वर्ल्स रेकर्डमा दर्ता भयो ।

एलिफाको निधन गत बिहिबार निमोनियाका कारण भएको विभिन्न समाचारमा उल्लेख छ । टर्कीको दक्षिणपूर्वी ओस्मानिए प्रान्तस्थित अस्पतालमा दुई दिनसम्म निमोनिया सँग जुधेपछि उनको निधन भएको हो ।एलिफा उस्मानिया टर्कीको कादिरली शहरमा बस्थिन् । उनी ७२.२ सेन्टिमिटर अर्थात् दुई फुट पाँच इन्चकी थिइन् । उनको उचाइकै कारण उनको नाम विश्व रेकर्डमा दर्ता हुन सकेको हो । उनको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता भएपछि उनले भनेकी थिइन्, ‘संसारले एकदिन मलाई पक्कै पनि चिन्नेछ भन्ने कुरामा म सधैँ आशावादी थिएँ ।’

संसारकै होची एलिफाले एकपटक संसारकै अग्ला व्यक्तिसँग भेट्न इच्छा व्यक्त गरेकी थिइन् । उनको यो सपना पनि निकै छिटो पूरा भयो । गिनिज बुक अफ वर्ल्ड रेकर्डको एउटा कार्यक्रममा एलिफाले संसारका सबैभन्दा अग्ला व्यक्ति सुल्ताना कोसेनलाई भेट्ने मौका पाइन् । उनको उचाइ २४६.५ सेमी छ । एलिफाले आफ्नो उचाइका कारण कहिल्यै पनि लज्जित महसुस नगरेको बताउँथिन् । उनलाई आफूमा गर्व थियो । एकपटक उनले भनेकी थिइन्, ‘मलाई भगवानले बनाएका हुन् । म जस्तो छु यसमा मलाई गर्व छ ।’

एलिफाकी आमा हटनले उनीबारे जानकारी दिँदै भनेकी थिइन्, ‘एलिफा एक वर्षको हुञ्जेलसम्म सबैकुरा सामान्य थियो । त्यसपछि समस्या बढ्न थाल्यो किनभने एलिफा अन्य बच्चासरह बढिरहेकी थिइनन् । ’

चार वर्षको उमेरसम्म उनको उचाइ बढ्न लगभग रोकिइसकेको थियो । थुप्रै डाक्टरमार्फत् उपचार गराए पनि उनको स्थितिमा सुधार भएन । एलिफापछि सन् २०११ मा यो उपाधि अमेरिकाका ब्रिजेट जोर्डनले आफ्नो नाममा पारे । जोर्डको उचाई ६९ सेन्टिमिटर थियो । उनको सन् २०१९ जस्नमा नै मृत्यु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP