मंगलबार , भाद्र १६, २०८३

धनुषाको गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहामा पूर्व-पश्चिम राजमार्गअन्तर्गत अवरुद्ध पारेपछि प्रहरीले रबरको गोली चलाउँदा सिके राउत नेतृत्वको जनमत पार्टीका ५ कार्यकर्ता घाईते भएका छन्। घाईते हुनेहरुमा नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र संजय साह रहेका छन्। उनीहरुको उपचार जनकपुरस्थित प्रादेशिक अस्पतालमा भइरहको छ। २ जनाको अवस्था गम्भीर र ३ जनाको अवस्था सामान्य रहेको बुझिएको छ।

राजमार्ग अवरुद्ध गरेकाले गोली चलाउनु परेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले बताए। ‘राजमार्ग अवरुद्ध गर्न पाइदैन। उनीहरु राजमार्ग अवरुद्ध गरेर उदण्डता प्रदर्शन गरेकाले प्रहरी रबरको गोली चलाउन बाध्य भयो’, उनले भने। उनका अनुसार ११ राउण्ड रबरको गोली र १६ राउण्ड अश्रु ग्यास प्रहार गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP