सोमबार , भाद्र १५, २०८३

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आठौं महाधिवेशनमा पारित राजनीतिक प्रस्तावमा भारतको कतै आलोचना गरेनन् । उनले ‘हिन्दुवादी’ बारे शब्द समेत उच्चारण गरेनन् ।जनयुद्धकालमा भारतविरुद्ध सुरुङयुद्धको चेतावनी दिनेदेखि मूलधारको राजनीतिमा आएपछि पनि भारतको चर्को आलोचना गर्ने प्रचण्ड राजनीतिक प्रतिवेदनमा निकै संयम देखिएका छन् । उनले भारतको विषय अमेरिकासँग जोडेर मात्र उल्लेख गरेका छन् ।

प्रतिवेदनमा हिन्द प्रशान्त क्षेत्रमा चीनलाई रोक्नका लागि अमेरिकाले बेलायत र अष्ट्रेलियासँग विशेष सैन्य साझेदारी गर्नुका साथै विभिन्न देशमा सैन्य अड्डा बनाउने र सुदृढ गर्ने योजना बनाएको उल्लेख छ । प्रतिवेदनमा भनिएको छ,‘आज अमेरिकाले भारतसँगको सम्बन्धलाई सुदृढ गर्नुका पछाडि पनि त्यही रणनीतिले काम गरेको छ ।’

प्रतिवेदनमा अमेरिकाले आफू मात्र नभई आफ्ना साझेदारहरुलाई पनि युद्धमा होम्ने तयारी गरिरहेको संकेत गरेको भनेका छन् । यसबाहेक उनले भारतप्रति कहीं कतै केही उल्लेख गरेका छैनन् ।

धर्मनीरपेक्षको बचाऊ गर्दै उल्लेख गरेपनि हिन्दुवादीप्रति कतैपनि आलोचना गरेको देखिदैन । उनले यो शब्द नराखेको बारे माओवादीभित्र प्रश्न समेत उठाइयो । प्रचण्डले हिन्दुवादीप्रति कतै आलोचना नगरेर चार्तुयता देखाएको टिप्पणी समेत भइरहेको छ ।

भारतबारे राजनीतिक प्रतिवेदनमा निकै संयम अपनाउँदै अर्थपूर्ण सन्देश दिएका छन् । उनले हिन्दु सेन्टिमेन्टलाई नचिढ्याउने रणनीति समेत अपनाएको देखिन्छ । देशमा हिन्दु सेन्टिमेन्ट बढ्दै जाँदा प्रचण्डले यसविरुद्ध बोल्नुलाई अलोकप्रीय बन्नुजस्तै हुने बुझेर यस्तो रणनीति अपनाएको टिप्पणी भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP