सोमबार , बैसाख २२, २०८२

नेकपा माओवादी केन्द्रले सहमतिबाटै केन्द्रीय कमिटी चयन गर्नका लागि गृहकार्य गरिरहेको छ ।

माओवादी महाधिवेशन अन्तर्गतको बन्दसत्र केहीबेर रोक्दै सहमतिबाटै केन्द्रीय कमिटी चयन गर्नका लागि शीर्ष नेताहरुले गृहकार्य गरिरहेका छन् । माओवादीमा केन्द्रीय सदस्य चयनमा सकस देखिएको छ ।पुस ११ गतेदेखि राजधानीमा जारी महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नुपर्नेमा पदाधिकारी र सदस्यहरुका आकांक्षी धेरै हुँदा समस्या भएको हो । केन्द्रीय समिति र पदाधिकारीहरुको टुंगो सकेसम्म बन्दसत्रको हलबाटै लगाउने प्रयास जारी रहेको माओवादी नेताहरुले बताएका छन् । तर निर्वाचनको तयारी पनि संगसंगै भइरहेको छ ।

बन्दसत्रले पारित गरेको नयाँ विधान अनुसार पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिने छ । केन्द्रीय कमिटी २ सय ९९ सदस्यीय हुनेछ । पदाधिकारीको संख्याबारे विधानमा स्पष्ट छैन। पदाधिकारीको चुनाव कसरी गर्ने भन्ने विषयमा पनि अन्योल छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP