मंगलबार , भाद्र १६, २०८३

पाल्पाको लघुवामा भएको बस दुर्घटनामा मृत्यु भएका मध्ये ३ जनाको नाम खुलेको छ।

बुटवल १७ रानीगञ्जका ६७ वर्षीय वीरवहादुर विकको शव अन्तिम संस्कारको लागि गुल्मीको रिडी लैजाँदै गर्दा पाल्पाको रिब्दीकोट गाउँपालिका ३ लघुवामा दुर्घटना भएको हो।

लु १ ख ७२७९ नम्बरको मलामी बोकेको बस दुर्घटना हुँदा मृत्यु भएका मध्ये अर्घाखाँची मालारानी गाउँपालिका २ का २७ वर्षीय भोजेन्द्र विक, सोही ठाउँका २५ वर्षीय शंकर विक र बुटवल १७ का ४० वर्षीय खुमबहादुर रानाको सनाखत भएको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले जानकारी दिए।

३६ जना मलामी सवार बस बाटो चिप्लो हुँदा आइतबार विहान सडकबाट करिब ५० मिटर तल झरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनामा ७ जनाकाे मृत्यु भएकाे छ भने ८ जना घाइते छन्। मृतक सबै पुरुष हुन् भने घाइतेमध्ये एक जना महिला छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP