बुधबार , जेठ ८, २०८२

काठमाडौँ उपत्यकासहित देशभर हुस्सु तथा कुहिरोसहित चिसो बढेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानैदेखि लागेको हुस्सु तथा कुहिरो विस्तारै हट्दै जानेछ। बिहान सबेरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १०० मिटरमात्रै रहेको भिजिबिलिटी बिस्तारै बढ्दै गएको मौसमविद् राजु प्रधानाङले बताए।

अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविद्ले बताएका छन्। हाल देशको गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएको छ। तराईका केही भूभागमा बाक्लो हुस्सु–कुहिरो लागेको छ।

शनिबार दिउँसो देशभर आंशिक बदली रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

यस्तै राति पनि देशभर आंशिक बदलीको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यसैबीच पहाडी तथा हिमाली भूभागहरुका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको कारण चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP