बुधबार , जेठ ८, २०८२

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले अबको तीन महिनामा भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिने जनाएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणको २३औँ वार्षिकोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा उनले उक्त विमानस्थलमा ‘क्यालिबे्रसन’ उडानको पहल भइरहेको बताए ।खासगरी भारतीय पक्षसँग यस विषयमा कुरा भइसकेको र त्यहाँबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएकाले व्यावसायिक उडानको बाटो पनि खुला हुने उनको भनाइ छ । भारतले विमानस्थल सीमा क्षेत्र नजिकै रहेकाले त्यसबाट सुरक्षा चुनौती हुन सक्ने जानकारी नेपाललाई गराउँदै आएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि विभिन्न सञ्चालन मोडालिटीमा छलफल भइरहेको र सरकारलाई सबैभन्दा बढी फाइदा हुने मोडालिटी छनोट गरिने मन्त्री आलेले जनाए ।

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामी एक वर्षभित्र सञ्चालन गर्नेगरी तयारी गर्न पनि निर्देशन दिनुभयो । युरोपेली सङ्घ (ईयू)ले नेपाली जहाजलाई सुरक्षा सूचीमा राखेकाले त्यसलाई हटाउन सबैले प्रयत्न गर्नुपर्ने उनको भनाइ छ । “मैले लन्डन भ्रमणका क्रममा पनि काठमाडौँबाट त्यहाँसम्म छिट्टै उडान हुने प्रतिबद्धता व्यक्त गरेको छु । सुरक्षा सूचीबाट बाहिरिन सबैले पहल गरौँ,” उनले भने । ईयूले सन् २०२२ मा नेपालको हवाई सुरक्षाको परीक्षण गर्दै छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP