मंगलबार , बैसाख २९, २०८३

ललिता निवास जग्गा प्रकरणमा पक्राउ पूर्जी जारी गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आरोपीलाई धमाधम पक्राउ गर्न थालेको छ । ब्यूरोको टोली पक्राऊका लागि सक्रिय भएको छ ।विश्वस्त स्रोतका अनुसार ब्यूरोको टोली पक्राउका लागि सक्रिय भइसकेको छ । आरोपीहरुको घर ठेगान पत्ता लगाई लुकेको स्थानसम्म पुगेर भएपनि पक्राउ गर्ने गरी सक्रिय भएको छ ।

सीआइबीले काठमाडौं जिल्ला अदालतबाट १२० जनाको नाममा पक्राऊ पूर्जी जारी गराइसकेको छ । पक्राउ गर्नुपर्नेहरुको बस्ने र लुक्नसक्ने स्थानबारे यथार्थ पत्ता लगाएपछि सीआइबीले पक्राउ पूर्जी जारी गरेको बुझिएको छ ।

पक्राउ पर्ने डरले कतिपय पूर्व कर्मचारी र आरोपी फरार भइसकेका छन् । कतिपयले मोबाइलको सीमकार्ड समेत फालेका छन् ।

आरोपी रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदीलाई पक्राउ गरेपछि आफूहरु पक्राउ पर्ने देखेर कतिपय पूर्व कर्मचारीले नयाँ वर्ष मनाउन भन्दै देश छाडेका छन् । आरोपीहरुको भागाभाग भएको छ ।

२०४९ मा जग्गा हडप्ने कसुरमा संलग्न भनिएका ४० जना फरार सूचीमा रहेका, २०६२ मा जग्गा हिनामिनामा संलग्न १५ जना, प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीशको निवास विस्तारका लागि भन्दै नक्कली मोहीलाई जग्गा सट्टाभर्ना दिएको प्रकरणमा ८० जना र २०६९ मा नक्कली टिकिन्छा गुठी कायम गरी नक्कली मोही खडा गर्ने ८५ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरिएको बुझिएको छ । उनीहरुमध्ये अधिकांशलाई केही दिनभित्रै पक्राउ गर्ने लक्ष्यका साथ सीआइबी सक्रिय भएको छ । धेरै जनालाई समात्नुपर्ने भएकाले सीआइबीले स्थानको समेत व्यवस्था गरिसकेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP