मंगलबार , बैसाख २९, २०८३

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले समयमा काम नगर्ने ठेकेदारलाई थुन्न निर्देशन दिएकी छन्।

जिल्ला प्रशासन कार्यालय गुल्मीमा भएको सरकारी कार्यालयका कार्यालय प्रमुखहरूसँगको कार्यक्रममा उनले कामको जिम्मा लिने र समयमै काम नसक्ने ठेकेदारलाई थुन्न निर्देशन दिएकी हुन्।

ठेकेदारकै कारण देशका ठूलाठूला विकास निर्माणका काम अलपत्र परेको भन्दै ठेकेदारहरू नसुधारिएसम्म द्रुत गतिमा विकास नहुने उनले दाबी गरिन्।

ठेकेदारहरूले धेरै कामको जिम्मा लिने र समयमा काम पनि नसक्ने र गुणस्तरीय पनि नहुने गरेको बताइन्।

सबै विकास निर्माणका काम असार केन्द्रित हुने भएकाले असारे विकासलाई अन्त्य गर्नुपर्नेमा उनले जोड दिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP