
शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले समयमा काम नगर्ने ठेकेदारलाई थुन्न निर्देशन दिएकी छन्।
जिल्ला प्रशासन कार्यालय गुल्मीमा भएको सरकारी कार्यालयका कार्यालय प्रमुखहरूसँगको कार्यक्रममा उनले कामको जिम्मा लिने र समयमै काम नसक्ने ठेकेदारलाई थुन्न निर्देशन दिएकी हुन्।
ठेकेदारकै कारण देशका ठूलाठूला विकास निर्माणका काम अलपत्र परेको भन्दै ठेकेदारहरू नसुधारिएसम्म द्रुत गतिमा विकास नहुने उनले दाबी गरिन्।
ठेकेदारहरूले धेरै कामको जिम्मा लिने र समयमा काम पनि नसक्ने र गुणस्तरीय पनि नहुने गरेको बताइन्।
सबै विकास निर्माणका काम असार केन्द्रित हुने भएकाले असारे विकासलाई अन्त्य गर्नुपर्नेमा उनले जोड दिइन्।