बुधबार , जेठ ८, २०८२

आफ्नो बच्चाको मृत्युपछि त्यसको बदला लिन २५० वटा कुकुरलाई मार्ने दुई बाँदरलाई अन्ततः नियन्त्रणमा लिइएको छ । केही कुकुरहरु मिलेर बाँदरको सानो बच्चालाई मारेपछि नै यस्तो घटना सुरु भएको बताइएको छ ।

यसरी पछिल्लो तीन महिनादेखि लभुल गाउँका कुकुरहरुलाई टिपेर उचाइमा पुर्याइ छाडिदिने गरेको स्थानीयले बताए । न्युज एटिनको रिपोर्ट अनुसार उनीहरुले कुकुर देख्नासाथ त्यसलाई उचाइमा लगेर माथिबाट फलिदिने गर्दथे । लभुलको छिमेकी गाउँका सबै कुकुर गायब हुन थालेपछि सम्बन्धित निकायले धेरैपटक यो जोडी बाँदरलाई नियन्त्रणमा लिन खोजेको हो । तर हरेकपटक असफल भइरहेको थियो ।

यसबीच स्थानीयहरु आफैँ कुकुरको उद्धार गर्न खोज्दा घाइते भएको पनि खबर गरिएको छ । गाउँका वासिन्दाहरुका अनुसार सो क्षेत्रमा अब दुर्लभै कुनै कुकुर बाँकी छन् । यता कुकुर मारिसकेपछि त्यसले मान्छेको बच्चामाथि हमला गर्न सक्छ भनेर धेरैले चिन्ता जनाइरहेका थिए । र महिनौँपछि पनि त्यस किसिमको हमला नरोकिनुले उनीहरु झन त्रसित बनेको बताए ।

भारतको महाराष्ट्रस्थित वन विभागका अनुसार आइतबार ती दुवै बाँदरलाई नियन्त्रणमा लिइ नजिकैको जङ्गलमा छाडिएको छ ।

यसरी बाँदरका केही प्रजातिले प्रत्यक्ष या अप्रत्यक्ष रुपमा बदला लिने प्रवृत्तिलाई स्वभाविक मानिन्छ । हिन्दुस्तान टाइम्स

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP