मंगलबार , भाद्र १६, २०८३

आफ्नो बच्चाको मृत्युपछि त्यसको बदला लिन २५० वटा कुकुरलाई मार्ने दुई बाँदरलाई अन्ततः नियन्त्रणमा लिइएको छ । केही कुकुरहरु मिलेर बाँदरको सानो बच्चालाई मारेपछि नै यस्तो घटना सुरु भएको बताइएको छ ।

यसरी पछिल्लो तीन महिनादेखि लभुल गाउँका कुकुरहरुलाई टिपेर उचाइमा पुर्याइ छाडिदिने गरेको स्थानीयले बताए । न्युज एटिनको रिपोर्ट अनुसार उनीहरुले कुकुर देख्नासाथ त्यसलाई उचाइमा लगेर माथिबाट फलिदिने गर्दथे । लभुलको छिमेकी गाउँका सबै कुकुर गायब हुन थालेपछि सम्बन्धित निकायले धेरैपटक यो जोडी बाँदरलाई नियन्त्रणमा लिन खोजेको हो । तर हरेकपटक असफल भइरहेको थियो ।

यसबीच स्थानीयहरु आफैँ कुकुरको उद्धार गर्न खोज्दा घाइते भएको पनि खबर गरिएको छ । गाउँका वासिन्दाहरुका अनुसार सो क्षेत्रमा अब दुर्लभै कुनै कुकुर बाँकी छन् । यता कुकुर मारिसकेपछि त्यसले मान्छेको बच्चामाथि हमला गर्न सक्छ भनेर धेरैले चिन्ता जनाइरहेका थिए । र महिनौँपछि पनि त्यस किसिमको हमला नरोकिनुले उनीहरु झन त्रसित बनेको बताए ।

भारतको महाराष्ट्रस्थित वन विभागका अनुसार आइतबार ती दुवै बाँदरलाई नियन्त्रणमा लिइ नजिकैको जङ्गलमा छाडिएको छ ।

यसरी बाँदरका केही प्रजातिले प्रत्यक्ष या अप्रत्यक्ष रुपमा बदला लिने प्रवृत्तिलाई स्वभाविक मानिन्छ । हिन्दुस्तान टाइम्स

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP