सोमबार , बैसाख २२, २०८२

नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका महाधिवेशन प्रतिनिधिसामु मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) बारे स्पष्ट जवाफ दिएनन् ।

गत सोमबार आफूले पेश गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको शुक्रबार जवाफ दिने क्रममा प्रचण्डले एमसीसीबारे अस्पष्ट जवाफ दिएका हुन् । एमसीसीबारे धेरै बोल्नु उपयुक्त नहुने भन्दै उनले एमसीसी पार लगाउनुपर्ने बताए ।‘एमसीसीको बारेमा धेरै बोल्दा देश खतरातर्फ जाने सम्भावना भएको हुँदा धेरै बोल्नु परेन । सारमा जे प्रतिवेदनमा छ त्यही रुपमा बुझ्नुहोला । पार लगाइन्छ,’ उनले भने ।

एमसीसी पार लगाउने भन्ने प्रचण्डको जवाफको आशय पारित गर्ने वा खारेज गर्ने हो भन्ने स्पष्ट हुन नसकेको महाधिवेशन प्रतिनिधिहरू बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP