बुधबार , जेठ ८, २०८२

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले कप्तान परिवर्तन गर्ने अधिकार नेपाल क्रिकेट संघ (क्यान)को रहेको बताउदै आफुले त्यसलाई सम्मान गर्ने बताएका छन् । साथै, उनले विवाद मिलाउन आफुले कोशिस गर्ने बताएका छन् ।

मुख्य प्रशिक्षकको रुपमा कार्यभार सम्हालेपछि दुई दिन अघि नेपाल आएका उनले आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमा पुबुदुले कप्तान परिवर्तनको अधिकार क्यानको भएको बताएका हुन् ।

‘मैले क्यान र खेलाडी दुबै पक्षसँग छलफल गरेको छु । तर, परिवर्तन गर्ने अधिकार क्यानको हो । अब त्यहिँ नै निर्णय हुनेछ’, उनले भने ।

क्यानले ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीप लामिछानेलाई कप्तान चयन गरेको थियो ।

खेलाडी वर्गिकरणको विषयमा सञ्चारमाध्यममा अभिव्यक्ति दिएको भन्दै मल्लसहित चार खेलाडी कारबाहीमा परेका थिए ।

उनले क्यान र खेलाडी बीचको विवाद सुल्झाउने कोसिसमा पनि आफू अग्रसर हुने बताए । ‘म २÷३ दिनभित्रमा नै खेलाडीसँग बसेर यी कुराहरूको जानकारी लिन्छु । उनीहरूलाई राष्ट्रिय टोलीमा फर्काउन प्रयास गर्नेछु’ उनले भने ।

यस्तै, उनले प्रधानमन्त्री कप, मेयर कपजस्ता घरेलु प्रदर्शन हेर्न आफू उत्साहित रहेको उल्लेख गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP