सोमबार , भाद्र १५, २०८३

नेकपा माओवादी केन्द्रको जारी आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल सकिएको छ। विभिन्न २५ वटा समूह बनाएर प्रतिवेदनमाथि समूहगत छलफल गरिएको थियो ।

विहीबार बन्दसत्रमा निष्कर्ष प्रस्तुत गर्न बाँकी रहेका १४ वटा समूहका टोली नेताले प्रस्तुती दिएका छन् । बुधबार ११ वटा समूहले प्रस्तुती दिएका थिए ।शुक्रबार दिउँसो १ बजे बन्दसत्र सुरु हुनेछ। शुक्रबार अनुशासन, लेखा र निर्वाचन आयोगको प्रतिवेदन पेश गर्ने र त्यसपछि प्रचण्डले जवाफ दिनेछन्।

प्रचण्डको प्रस्तुतमाथि दुईवटा फरकमत पनि पेश भएका छन् । राम कार्की र लेखनाथ न्यौपानेले छुट्टाछुट्टै फरमत पेश गरेका छन् । ती फरकमत बन्दसत्रमा वाचन गर्न दिने कि नदिने भन्ने विषयमा निर्णय गर्न स्थायी कमिटीको बैठक बोलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP