मंगलबार , बैसाख २९, २०८३

सुर्खेतबाट काठमाडौं आएकी ३४ वर्षीया महिलाको आफ्नै वाध्यता थियो । पति भारतमा रोजगारीका लागि गई वेपत्ता भएका थिए । दुई सन्तानको लालनपालन गर्ने चुनौती थियो । काम पाइने आशामा उनी १२ पौषमा राजधानीमा आइपुगिन् ।उनी मुगुका युवराज बडुवाको सम्पर्कमा पुगिन् । बडुवाल वैदेशिक रोजगारीका लागि काठमाडौं आएका थिए । उनले आफू बसेको गेष्ट हाउसमा मुगुको रारा नगरपालिका घर भएका हिक्मत नेपालीलाई बोलाए ।

बडुवाल र नेपाली दुवैले महिलामाथि बलात्कार गरे । उनीहरु मदिरा सेवन गरी बलात्कारमा संलग्न भएको खुलेको छ ।

१३ पौषमा महिलालाई थप पुरुषहरुले अरु गेष्ट हाउसमा लगेर बलात्कार गरे । उनलाई फरक गेष्ट हाउसमा लगेका थिए । धेरै पुरुषहरुले बलात्कार गरेपछि महिला बेहोश जस्तै अवस्थामा पुगिसकेकी थिइन् ।

अर्धचेत अवस्थामा १३ पौषको अपरान्ह महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कमा पुगिन् । उनले आफूमाथि बलात्कार भएको बताइन् । १० जना पुरुषले बलात्कार गरेको बयान दिइन् । उनको तत्काल स्वास्थ्य जाँच भयो । त्यसपछि प्रहरीले गेष्ट हाउसहरुमा अनुसन्धान बढायो ।

युवतीलाई सबैभन्दा पछि बलात्कार गरेको अभियोग लागेका गोपालकुमार श्रीष सुरुमै पक्राउ परे । त्यसपछि उजूरी परेको जानकारी पाएर आरोपीहरु भाग्न खोजे । तर, प्रहरीले उनीहरुलाई नियन्त्रणमा लियो । लुकेको अवस्थामा बसेका युवतीलाई सुरुमा गेट हाउसमा लाने युवराज बडुवालसहित हिक्मत नेपाली, रतन नेपाली, दिपक नेपाली, शिवहरी बुढा र सुरेश सेजुवाल गरी ६ जना एकै ठाउँबाट पक्राउ परे ।

१४ पौषको विहान हस्त नेपाली पक्राउ परे । महिलालाई बलात्कार गर्ने ९ जना युवामध्ये ८ जना पक्राउ परेका छन् । सबै आरोपी वैदेशिक रोजगारीका लागि जान लागेकाहरु थिए । उनीहरुमध्ये एकजना १५ पौषमा कतार उड्ने तय भएको थियो । महिलामाथिको बलात्कारको अभियोगमा उनीहरु पुषको ठण्डीमा प्रहरी हिरासतमा परेका छन् ।

प्रहरीले ८ जनासँगको बयानका आधारमा महिला कसरी युवाको सम्पर्कमा आइन् र के के भयो भन्ने पत्ता लगाएको छ । यसबारे वृस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तर, यति धेरै पुरुषको सम्पर्कमा महिला कसरी पुगिन् र गेष्ट हाउसमा बलात्कार हुँदा किन पहिल्यै उजूरी गरिनन् भन्ने प्रश्न उब्जिएको छ । यो घटनाको थप रहस्य खुल्दै जाने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP