मंगलबार , बैसाख २९, २०८३

नेकपा माओवादी केन्द्रको पुस ११ गतेदेखि सुरु भएको आठौँ महाधिवेशन लम्बिने भएको छ । माओवादी केन्द्रले पुस १५ गते महाधिवेशन सक्ने लक्ष्य लिएपनि बन्दसत्र लम्बिँदा महाधिवेशन नै लम्बिने निश्चित भएको हो ।

तीन दिनदेखि जारी बन्दसत्र अन्तरगत बुधबार अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि छलफल गरेर ११ समूहले आफ्नो रिपोर्ट पेश गरेका छन् । यसक्रममा प्रचण्ड विचारपथलाई प्रचण्ड विचारधाराका रुपमा विकसित गरिनुपर्ने सुझाव आएको छ । यस्तै पार्टीलाई धोका दिएर एमालेलगायतका पार्टीमा लागेका बादललगायतका नेताहरुलाई गद्दार घोषणा गर्न समेत माग उठेको छ ।

प्रतिनिधिहरुले थापालगायतका नेतालाई गद्दार घोषणा गर्न अध्यक्षको दस्तावेजमै उल्लेख गर्नुपर्ने सुझाव समेत दिएका छन् । यस्तै कार्यकारी पदमा एकै व्यक्ति दुई पटक हुन नपाउने, नेताका छोराछोरीलाई सरकारी स्कुलमा पढाइनुपर्ने, भ्रष्टलाई कारबाही गर्नुपर्ने, कार्यकर्ताको मूल्यांकनका लागि वैज्ञानिक विधि अबलम्बन गरिनुपर्ने, समाजवादमा पुग्ने आधारलाई थप प्रष्ट पारिनुपर्ने, चीन र भारतबीचको सम्बन्धबारे थप ब्याख्या गर्नुपर्ने, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनबारे स्पष्ट पार्नुपर्ने, एमसीसी खारेज गर्नेजस्ता सुझावहरु रिपोर्टिङका क्रममा टोली नेताहरूबाट आएका छन् ।

आज रिपोर्टिङ गर्ने टोली नेताहरुमा रामनारायण बिडारी, सत्यनारायण भगत, टंक राई, गायत्री गुरुङ, मनऋषि धिताल, अजम्बर काङबाङ, सरल सहयात्री, गीता पनेरु, हर्कबहादुर नेम्वाङ, मीन बहादुर कुँवर र विमला केसी रहेका छन् ।

बाँकी १३ टोली नेताले बुधबार रिर्पोटिङ गर्नेगरी आजको बन्दसत्र सकिएको छ । माओवादी केन्द्रका अनुसार बिहीबार ११ बजेदेखि पुनः बन्दसत्र सुरु भइ टोली नेताले आफ्नो रिपोर्ट राख्न सुरु गर्नेछन् । बन्दसत्रअन्तरगत सोमबार प्रचण्डले २१ औं शताब्दीमा समाजवादको नयाँ बाटो शीर्षको ४६ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सो प्रतिवेदनमाथि छलफल गर्न विभिन्न २५ समूह बनाइएको थियो भने मंगलबार र बुधबार समेत मध्यान्ह १२ बजेसम्म छलफल चलाइएको थियो । समूहबाट आएका निष्कर्षका रुपमा टोली नेता चयन गरेर बन्दसत्रमा रिर्पोटिङ गरिएको हो ।

रिपोर्टिङ सकिएपछि केन्द्रीय कमिटीको चयनका साथै सोही केन्द्रीय समितिबाट अध्यक्ष र पदाधिकारी चयन गरिने माओवादीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP