सोमबार , भाद्र १५, २०८३

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था नभए नेपाल सिक्किम जस्तै विलय हुने टिप्पणी गरेका छन् । उनले नेपाल रहने तर देशका रुपमा नभई विलय हुने टिप्पणी गरेका हुन् ।आज राजधानीमा राजा वीरेन्द्र शाहको स्मृतिमा आयोजित कार्यक्रममा लिङ्देनले भने, सिक्किम सिक्किमकै रुपमा छ । तर, सिक्कम भन्ने देश छैन । पछिल्लो दिनमा त्यही खतरा हाम्रो देशले बोकिराखेको छ । जतिसक्दो छिटो राजसंस्था नफर्किए देशको अस्तित्व नै खतरामा पर्ने बताए ।

राजसंस्था देशलाई विलय हुनबाट जोगाउने आधार हुने उनको टिप्पणी थियो । देशमा राजसंस्थाको आवश्यकता अझ बढेको लिङ्देनले बताए ।

राजनीतिक दलका नेताहरु बदनाम भएको भन्दै नेता भन्दा राजा बढी देशभक्त हुन्छन् भन्ने प्रमाणित हुँदै गएको बताए । उनले भने, तत्कालीन राजा वीरेन्द्रले देशभक्तिको प्रमाण गर्नुभयो ।

विदेशीसँग झुक्नुभन्दा राजनीतिक दलसँग हातेमालो गर्न तत्कालीन राजा वीरेन्द्र तयार भएको बताए । उनले राजसंस्था नहुँदा देशमा मनपरीतन्त्र हावी भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP