मंगलबार , बैसाख २९, २०८३

सर्लाहीको ईश्वरपुर नगरपालिका बयलवासमा प्रहरी भ्यानको ठक्करबाट एक युवकको ज्यान गएपछि स्थानीय प्रदर्शनमा उत्रीदाँ प्रहरी र स्थानीयहरू बिच दोहरो भिडन्त भएको छ ।

गत आइतवार राती ईश्वरपुर नगरपालिका–७ मा इलाका प्रहरी कार्यालय केशरगञ्जको गस्तीमा हिँडेको भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका–५ निवासी ३० वर्षीय रामकुमार महतोको मृत्यु भएको थियो ।

महतोको मृत्यु पछि आक्रोशित भएका आफन्त र स्थानियहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनकै क्रममा स्थानिय र प्रहरी बिच भिडन्त भएको थियो । भिडन्तमा परि दर्जनौं प्रहरी र स्थानीयहरू घाईते भएको बताइएको छ ।

मृतक महतोको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामै राखिएको छ । मृतकका आफन्त र स्थानीय अगुवाहरु सोमबार वार्ता स्थल छाडेर हिँडेकाले आज पुनः वार्ताका लागि समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

त्यहाँको अवस्था तनावग्रस्त भएपछि स्थानिय प्रशासनले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

पीडित पक्षले रामकुमारले चलाएको मोटरसाइकल प्रहरी भ्यानमा आएर ठोक्किएको भनिएपनि घटना शंकास्पद रहेको बताएका छन् । घटनामा संलग्न प्रहरीलाई कारवाहीको मागसहित पीडित पक्ष र स्थानीय आन्दोलित बनेको हो ।

आक्रोशित स्थानीयहरूले इलाका प्रहरी कार्यालय हरिपुरको जिपमा आगजनी गर्नुका साथै बयलवास स्थित इलाका प्रहरी कार्यालय केशरगन्जमा ढुंगामुढा समेत गरेका थिए । आज बिहान देखि नै अवस्था थप तनावग्रस्त भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन दर्जनौँ शेल अश्रुग्याँस र हवाई फायर समेत गरेको हो ।

यस्तै, जिल्ला प्रहरी कार्यालयसँगै ईलाका प्रहरी कार्यालय बरहथवाबाट डीएसपीको कमाण्डमा र विभिन्न प्रहरी युनिटहरुबाट इन्सपेक्टरको कमाण्डमा बिहान देखि नै प्रहरी टोली बयलवासमा परिचालन गरिएको छ । त्यसैगरी सशस्त्र प्रहरी समेत तैनाथ गरिएकोछ ।

आज ३ बजे देखि भोली ७ बजे सम्मको लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारि गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP