बुधबार , जेठ ८, २०८२

समुदायको मुख्य पर्व तमू ल्होसार (पुस १५) का दिन सार्वजनिक बिदा दिन सरकारसँग माग गरिएको छ । गुरुङहरूको धार्मिक सामाजिक संस्था तमू प्येल्हू सङ्घद्वारा चितवनमा आयोजित शुभकामना तथा अन्तक्र्रिया कार्यक्रममा सहभागी गुरुङहरूले उक्त पर्वमा सार्वजिनक बिदा दिन माग गरेका हुन् ।

सङ्घका जिल्लाअध्यक्ष लालप्रसाद गुरुङले राज्यले तमू ल्होसारलगायत जनजातिका पर्वको बिदा कटौती गरेर धर्म संस्कार र संस्कृतिप्रति बेवास्था गरेको आरोप लगाए ।बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णलाल भडेलले पुर्खाले आर्जेको, भषा धर्म, संस्कार र संस्कृति जोगाउनुपर्नेमा जोड दिए । भाषा धर्म संस्कृति हराए मानिस रहनुको कुनै अर्थ नरहने उनको भनाइ थियो । मन्त्री भडेलले तमू ल्होसारको अवसरमा सार्वजनिक बिदाका लागि आफूले पहल गर्ने बताए ।

विसं २०६२-६३ को जनआन्दोलन सफल भएपछि नेपाल सरकारले तमू ल्होसारका दिन पुस १५ गते सार्वजनिक बिदा दिँदै आएकामा केही वर्षयतादेखि सो बिदा कटौती गरिएकाले गुरुङ राष्ट्रिय परिषद् (तमू ह्यूल छोजधी)ँ ले पनि यस विषयमा सरकारलाई ज्ञापनपत्र बुझाउँदै आएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP