मंगलबार , भाद्र १६, २०८३

समुदायको मुख्य पर्व तमू ल्होसार (पुस १५) का दिन सार्वजनिक बिदा दिन सरकारसँग माग गरिएको छ । गुरुङहरूको धार्मिक सामाजिक संस्था तमू प्येल्हू सङ्घद्वारा चितवनमा आयोजित शुभकामना तथा अन्तक्र्रिया कार्यक्रममा सहभागी गुरुङहरूले उक्त पर्वमा सार्वजिनक बिदा दिन माग गरेका हुन् ।

सङ्घका जिल्लाअध्यक्ष लालप्रसाद गुरुङले राज्यले तमू ल्होसारलगायत जनजातिका पर्वको बिदा कटौती गरेर धर्म संस्कार र संस्कृतिप्रति बेवास्था गरेको आरोप लगाए ।बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णलाल भडेलले पुर्खाले आर्जेको, भषा धर्म, संस्कार र संस्कृति जोगाउनुपर्नेमा जोड दिए । भाषा धर्म संस्कृति हराए मानिस रहनुको कुनै अर्थ नरहने उनको भनाइ थियो । मन्त्री भडेलले तमू ल्होसारको अवसरमा सार्वजनिक बिदाका लागि आफूले पहल गर्ने बताए ।

विसं २०६२-६३ को जनआन्दोलन सफल भएपछि नेपाल सरकारले तमू ल्होसारका दिन पुस १५ गते सार्वजनिक बिदा दिँदै आएकामा केही वर्षयतादेखि सो बिदा कटौती गरिएकाले गुरुङ राष्ट्रिय परिषद् (तमू ह्यूल छोजधी)ँ ले पनि यस विषयमा सरकारलाई ज्ञापनपत्र बुझाउँदै आएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP