मंगलबार , भाद्र १६, २०८३

बेलायतमा कार्यरत नेपाली सेफ सन्तोष साहले अर्को विश्वविख्यात उपाधि जितेका छन् ।

बीबीसी वानमा सोमबार साँझ प्रसारित फाइनलमा सेफ साहले अन्य तीन प्रतिस्पर्धीलाई उछिनेर बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ उपाधि जितेका हुन् ।

सिरहाका ३४ वर्षीय शाहले मौलिक परिकार कुखुराको तीते, बिरिया, तिलौरी, सात किसिमको तरुवा, भात, मासको दाल, गोलभेँडाको चट्नी, कटहर पोलेको, मालपुवा, बुनियाजस्ता विभिन्न नेपाली परिकार प्रस्तुत गरेका थिए । विगतका मास्टरसेफ प्रोफेसनल्स फाइनलिस्टलाई पुनः अवसर दिँदै सो प्रतिस्पर्धा गराइएको हो ।

प्रतिस्पर्धामा सन् २०१७ का फाइनलिष्ट जेमी पार्क र सन २०२० का फाइनलिस्ट सन्तोष, फिली आर्मिटेज म्याटिन, बार्ट भ्यान डेर ली सहभागी थिए । साहले भविष्यमा सेन्टर लण्डनमा नेपाली परिकारका खानासहितको रेष्टुरेन्ट खोल्ने घोषणा गरेका छन् ।

उनले नेपालका विभिन्न भेग तथा जातजातिका मौलिक खाना तथा मसलाको अध्ययन गरेर ‘आयला’ नामको पुस्तकसमेत प्रकाशन गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP