मंगलबार , बैसाख २९, २०८३

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोगसम्बन्धी एमसीसी यथास्थितिमा पारित नहुने बताएका छन् । उनले आज पार्टी महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै एमसीसी यथास्थितिमा कुनै हालतमा पनि पारित नहुने बताएका हुन् ।

प्रचण्डले राजनीतिक प्रतिवेदनमा भनेका छन्,‘एमसीसी परियोजना परिमार्जन र संशोधनपछि मात्र पारित गर्ने नीति लिइएको छ । यथास्थितिमा कुनै पनि हालतमा पारित हुँदैन ।’

माओवादी केन्द्रको महाधिवेशन उदघाटनमा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गर्नुपर्नेमा जोड दिएको भोलिपल्ट प्रचण्डले राजनीतिक प्रतिवेदनमा यथास्थितिमा पारित नहुने उल्लेख गरेका हुन् । देउवाले एमसीसी ‘राष्ट्रघाती भएको देखाइदिन’ चुनौती दिएका थिए । प्रचण्डले भने देउवाको सबै भनाईको प्रशंशा गरेपनि एमसीसीबारे अभिव्यक्तिमा विमति राखेका थिए । त्यसलाई देउवाको व्यक्तिगत विचार भनेका थिए ।

सत्ता गठबन्धनमा रहेका देउवा र प्रचण्डबीच एमसीसीमा विवाद स्पष्ट खुलेको छ । देउवा एमसीसी पारित गरिछाड्ने पक्षमा छन् । प्रचण्ड यथास्थितिमा पारित नगर्ने पक्षमा छन् ।

देउवा र प्रचण्डबीच एमसीसीको मुद्दाले विवाद देखिएपछि नेकपा एमाले सत्ता राजनीतिमा खेलाडीका रुपमा देखापरिरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसीबारे सत्ता गठबन्धनले स्पष्ट पार्नुपर्ने बताएका छन् । संसदमा एमसीसी टेबुल गरेपछि आफूहरुले निर्णय लिने बताइरहेका छन् ।

ओलीले सत्ता गठबन्धन तोडेमा देउवालाई एमसीसी पारित गर्न साथ दिने प्रस्ताव लगेको चर्चा पनि छ । प्रचण्डले यसको खुलासा गरेका हुन् । बरु देउवालाई एकलौटी सरकार चलाएर चुनाव गर्न दिने तर एमसीसी पारित गराएर बढ्ने ओलीको रणनीतिबारे चर्चा छ । यस्तो अवस्था विकास भएमा सत्ता गठबन्धन तोडिन सक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP