मंगलबार , भाद्र १६, २०८३

धेरै सङ्ख्यामा नेपालीहरु भएका देशमा एसएसपी दर्जाको सहचारी राख्ने तयारी गरेको छ।

पछिल्लो समय विदेशमा रहेका नेपालीहरु देशभित्रका अपराधिक गतिविधिमा जोडिने गरेको र अन्तर्राष्ट्रिय अपराध अनुसन्धानका लागि भन्दै प्रहरी प्रधान कार्यालय नक्सालले यस्तो प्रस्ताव गरेको हो।

प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई चलानी नम्बर १०८/२०७८/६/८ गते पत्रचार गर्दै एसएसपी राख्ने तयारी गरेको हो। हेर्डक्वाटरले प्रस्ताव गरेका देशहरुमा मलेसिया, कतार, साउदी अरब, चीन, बंगलादेश, संयुक्त अरब इमिरेट्स र संयुत राष्ट्रसंघ रहेका छन्।

नेपाल प्रहरीले अन्य देशहरुमा भएका घटनामा संलग्नहरुको अनुसन्धान तथा पक्राउ गर्न इन्टरपोलको सहयोगमा काम गर्दै आएको छ। अहिले पनि ३८ जना नेपाल प्रहरीको रेड नोटिसमा रहेका छन्। रेड नोटिसमा भएकामध्ये १५ जना कहाँ छन् भन्ने लोकेट भइसकेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त कुँवरले जानकारी दिए।

गत मंसिर २९ गते मात्र बाहराइनबाट अशोक गुरुङलाई हत्याको केसमा प्रहरीले ल्याएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP