मंगलबार , जेठ ७, २०८२

धेरै सङ्ख्यामा नेपालीहरु भएका देशमा एसएसपी दर्जाको सहचारी राख्ने तयारी गरेको छ।

पछिल्लो समय विदेशमा रहेका नेपालीहरु देशभित्रका अपराधिक गतिविधिमा जोडिने गरेको र अन्तर्राष्ट्रिय अपराध अनुसन्धानका लागि भन्दै प्रहरी प्रधान कार्यालय नक्सालले यस्तो प्रस्ताव गरेको हो।

प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई चलानी नम्बर १०८/२०७८/६/८ गते पत्रचार गर्दै एसएसपी राख्ने तयारी गरेको हो। हेर्डक्वाटरले प्रस्ताव गरेका देशहरुमा मलेसिया, कतार, साउदी अरब, चीन, बंगलादेश, संयुक्त अरब इमिरेट्स र संयुत राष्ट्रसंघ रहेका छन्।

नेपाल प्रहरीले अन्य देशहरुमा भएका घटनामा संलग्नहरुको अनुसन्धान तथा पक्राउ गर्न इन्टरपोलको सहयोगमा काम गर्दै आएको छ। अहिले पनि ३८ जना नेपाल प्रहरीको रेड नोटिसमा रहेका छन्। रेड नोटिसमा भएकामध्ये १५ जना कहाँ छन् भन्ने लोकेट भइसकेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त कुँवरले जानकारी दिए।

गत मंसिर २९ गते मात्र बाहराइनबाट अशोक गुरुङलाई हत्याको केसमा प्रहरीले ल्याएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP