मंगलबार , जेठ ७, २०८२

नेपाली कांग्रेसका नव निर्वाचित महामन्त्री गगनकुमार थापाले बालबालिकालाई समाजसँग जोड्न आवश्यक रहेको बताएका छन् ।आज सोमबार काठमाण्डाैमा भरोसा छात्रवृत्ति अभियानको शुभारम्भ गर्दै महामन्त्री थापाले बालबालिकालाई समाजसँग जोड्न आवश्यक रहेको बताएका हुन् ।

उनले कोरोनाका कारण आमा–बुबा गुमाएका बालबालिकाकाे शिक्षामा कुनै बाधा नआओस् भन्ने हेतुले भरोसा छात्रवृत्ति अभियान सुरु गरेको बताए । उनले बालबालिकामा समाजले पनि केही गर्छ भनेर भरोसा ल्याउनका लागि र समस्यामा परेका बालबालिकालाई उचित शिक्षा दिनका लागि अभियानले काम गर्ने बताए ।

महामन्त्री थापाले भने, ‘यस्तो कुरा एकदमै धेरै मान्छेलाई परेको छ । जसलाई परेको छ, त्यसलाई थाहा हुन्छ । आफ्नो परिवारमा जसले कमाउने मान्छे गुमाएको छ, त्यसको घरमा अरू पनि थुप्रै समस्या हुन्छ । बा–आमासँग मात्रै होइन, समाजसँग पनि घुलमिल हुनुपर्छ । सरकारले आफ्नो ठाउँबाट गर्ने सहयोग छँदै छ । कोरोनाका कारण आमाबुबा गुमाएका वा अभिभावकविहीन बालबालिकाको अध्ययन नरोकियोस् भनेर पवित्र मनबाट याे अभियान सुरु गरिएकाे हाे । समाजप्रति भरोसा ल्याउनका निम्ति यो अभियान सुरु गरिएको हो । पारदर्शी तरिकाबाट साथीहरूले चलाउनु हुनेछ । नेपालीहरूले आफैँ मिलेर पनि यस्ताे अभियान चलाउन सक्छौँ भन्ने कुरा देखाउने पनि हो ।’ भरोसा छात्रवृत्ति अभियान सात वटै प्रदेशका दुई/दुई वटा जिल्लामा सुरु हुनेछ ।-

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP